default_image

3 years ago

November 27, 2021

आर्सनलले न्युक्यासललाई हरायो

217 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । घरेलु मैदानमा आर्सनलले न्यु क्यासललाई २–१ ले पराजित गरेको हो ।

इमिरेट्स स्टेडियममा घरेलु टोलीको जितमा बुकायो साका र गाव्रियल मार्टिनेलीले गोल गरे दुवै गोल दोस्रो हाफमा भएको थियो । आर्सनलले खेलको सुरुवातदेखि नै पाहुना टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

५६औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । उनले नुनो टाभारेसको पासमा गोल गरेका थिए । त्यसको १० मिनेटपछि ६६औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । उनले ताकेहिरो तोमीयासुको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल निस्कन सकेन ।

जितपछि आर्सनल १३ खेलबाट २३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । पराजित न्युक्यासल ६ अंक जोडेर पुछारमा छ ।

February 9, 2025

५ पटकको विजेता थ्री स्टार र मच्छिन्द्र खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]

February 9, 2025

सिटीको पुनरागमन जित, चेल्सी पराजित

एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]

February 9, 2025

एमबाप्पेको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]

Success

Thank you for your time.