4 years ago
November 27, 2021
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । घरेलु मैदानमा आर्सनलले न्यु क्यासललाई २–१ ले पराजित गरेको हो ।

इमिरेट्स स्टेडियममा घरेलु टोलीको जितमा बुकायो साका र गाव्रियल मार्टिनेलीले गोल गरे दुवै गोल दोस्रो हाफमा भएको थियो । आर्सनलले खेलको सुरुवातदेखि नै पाहुना टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
५६औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । उनले नुनो टाभारेसको पासमा गोल गरेका थिए । त्यसको १० मिनेटपछि ६६औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । उनले ताकेहिरो तोमीयासुको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल निस्कन सकेन ।
जितपछि आर्सनल १३ खेलबाट २३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । पराजित न्युक्यासल ६ अंक जोडेर पुछारमा छ ।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]