default_image

2 years ago

November 27, 2021

जोटा चम्कदा लिभरपुलको सानदार जित

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाको दुई गोल मद्दतमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ४–० को भारी अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा थियागो अलकान्तारा र भर्जिल भान डाइकले समान एक गोल थपे । एनफिल्डमा शनिबार राति भएको खेलको दोस्रो मिनेटमा नै डिएगो […]

253 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाको दुई गोल मद्दतमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ४–० को भारी अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा थियागो अलकान्तारा र भर्जिल भान डाइकले समान एक गोल थपे । एनफिल्डमा शनिबार राति भएको खेलको दोस्रो मिनेटमा नै डिएगो जोटाको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए । ३२औं मिनेटमा जोटाले अर्काे गोल थप्दै लिभरपुलको अग्रता दोब्बर पारे । यसपटक जोटाले मोहम्मद सलाहको पासमा गोल गरेका थिए ।

३७औं मिनेटमा थियागो अलकान्ताराले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । ५२औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई ४–० ले अघि बढाए । भान डाइकले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।

यो जितसँगै लिभरपुल १३ खेलबाट २८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई २ अंकले पछि पार्दा शीर्षस्थानको चेल्सीसँगको अंक् दुरी १ मा छोट्याएको छ । पराजित साउथह्याम्टन १४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.