default_image

2 years ago

November 28, 2021

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले भिल्लारियललाई उसकै मैदानमा पराजित गरेको छ । बार्सिलोनाले भिल्लारियलाथि ३–१ को सहज जित हात पारेको हो । भिल्लारियलमा शनिबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले गोल गरे । घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए । घरेलु मैदानमा भिल्लारियलले […]

49 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले भिल्लारियललाई उसकै मैदानमा पराजित गरेको छ । बार्सिलोनाले भिल्लारियलाथि ३–१ को सहज जित हात पारेको हो ।

भिल्लारियलमा शनिबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले गोल गरे । घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए ।

घरेलु मैदानमा भिल्लारियलले बार्सिलोनालाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । ४८औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ७६औं मिनेटमा स्यामइल चुकविइजीले एर्नाउट डानजुमाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८८औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा वैकल्पिक खेलाडी फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । ला लिगामा बार्सिलोनाको यो पहिलो अवे जित हो । यसअघि बार्सिलोनाले अवे मैदानमा ३ बराबरी र २ हारको नतिजा निकालेको थियो ।

जितपछि बार्सिलोना १४ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ । बार्सिलोना शीर्षस्थानमा रहेको एक खेल कम खेलेको रियल म्याड्रिडसँग ६ अंकले पछि छ । पराजित भिल्लारियल १६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.