3 years ago
November 28, 2021
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्स घरेलु मैदानमा स्तब्ध बन्दा इन्टर मिलानले भेनेजियाको मैदानमा जित दर्ता गरेको छ । युभेन्ट्स घरेलु मैदानमा एटलान्टासँग १–० ले स्तब्ध बनेको हो ।
युभेन्ट्सलाई स्तब्ध पार्न डुभान जापटाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको २८औं मिनेटमा गोल गरेका थिए । एक गोलले पछि परेको युभेन्ट्सले बल पोसेसन राख्दै एटलान्टामाथि दवाव बढाएपनि फिनिसिङमा चुक्दा स्तब्ध बन्न पुग्यो ।
हारपछि युभेन्ट्स १४ खेलबाट २१ अंक जोडेर आठौं स्थानमा रहेको छ । जित निकालेको एटलान्टा २८ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
अर्काे खेलमा इन्टर मिलानले भेनेजियालाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । इन्टरको जितमा हकान चलहानो ग्लु र लोउटारो मार्टिनेजले गोल गरे । हकानले ३४औं मिनेटमा तथा मार्टिनेजले इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
जितपछि इन्टर १४ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित भेनेजिया१५ अंक जोडेर १५औं स्थानमा रहेको छ ।
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]