default_image

2 years ago

November 28, 2021

सानेको गोलमा बायर्नको जित

एजेन्सी – लिरोए सानेको एकमात्र गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा अर्मेनिया विलेफिल्डलाई पराजित गरेको छ । घरेलु मैदानमा बायर्नले अर्मेनिया विलेफिल्डमाथि १–० को झिनो जित निकालेको हो । एलिएन्ज एरिनामा बल पोसेसन राख्दै अर्मेनिया विलेफिल्डमाथि लगातार दवाव बढाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । सानेले ७१औं मिनेटमा बायर्नका लागि निर्णायक गोल गरे । […]

94 views

0 Bookmark

एजेन्सी – लिरोए सानेको एकमात्र गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा अर्मेनिया विलेफिल्डलाई पराजित गरेको छ । घरेलु मैदानमा बायर्नले अर्मेनिया विलेफिल्डमाथि १–० को झिनो जित निकालेको हो ।

एलिएन्ज एरिनामा बल पोसेसन राख्दै अर्मेनिया विलेफिल्डमाथि लगातार दवाव बढाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । सानेले ७१औं मिनेटमा बायर्नका लागि निर्णायक गोल गरे । जितपछि शीर्षस्थानमा रहेको बायर्नको १३ खेलबाट ३१ अंक पुगेको छ । पराजित अर्मेनिया विलेफिल्ड ९ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

यस्तै एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा वल्फ्सवर्गमाथि ३–१ को पूनरागमन जित निकालेको छ । डर्टमुन्डको पूनरागमन जितमा इम्री क्यान, डोनियल मालेन र एर्लिङ ब्राउट हालान्डले गोल गरे । घरेलु टोलीका वोउट वेगह्रस्टको गोल सान्त्वना बन्यो ।

जितपछि दोस्रो स्थानमा रहेको डर्टमुन्डको १३ खेलबाट ३० अंक पुगेको छ । पराजित वल्फ्वर्ग २० अंक जोडेर सातौ स्थानमा रहेको छ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.