default_image

2 years ago

November 28, 2021

मेस्सी र मार्किन्हस चम्कदा पिएसजीको पूनरागमन जित

एजेन्सी – ब्राजिली डिफेन्डर तथा कप्तान मार्किन्हसले दुई गोल तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले तीन असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा घरेलु टोली सेन्ट इटिएनमाथि पूनरागमन जित निकालेको छ । पिएसजीले एक गोलले पछि परेको अवस्थामा १० खेलाडीमा समेटिएको सेन्ट इटिएनमाथि ३–१ को पूनरागमन जित निकालेको हो । एन्जल डि मारियाले […]

147 views

0 Bookmark

एजेन्सी – ब्राजिली डिफेन्डर तथा कप्तान मार्किन्हसले दुई गोल तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले तीन असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा घरेलु टोली सेन्ट इटिएनमाथि पूनरागमन जित निकालेको छ ।

पिएसजीले एक गोलले पछि परेको अवस्थामा १० खेलाडीमा समेटिएको सेन्ट इटिएनमाथि ३–१ को पूनरागमन जित निकालेको हो । एन्जल डि मारियाले एक गोल थप्दा डेनिस बोउअंगाको गोल सान्त्वना बन्यो ।

सेन्ट इटिएनमा आइतबार राति भएको खेलको पाँचौ मिनेटमा नेयमारले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन । २३औं मिनेटमा डेनिस बोउअंगाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

४५औं मिनेटमा टिमोथी कोलोडजिकजाक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली समस्यामा पर्दा त्यसको फाइदा पिएसजीले उठाउन सफल भयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्किन्हसले लियोनेल मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई खेलमा फर्काए ।

७९औं मिनेटमा एन्जल डि मारियाले मेस्सीकै पासमा एन्जल डि मारियाले गोल गर्दै पिएसजीलाई खेलमा २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मार्किन्हसले मेस्सीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई पूनरागमन जित दिलाए ।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १५ खेलबाट ४० अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको निसलाई १४ अंकले पछि पारेको छ । पराजित सेन्ट इटिएन १२ अंक जोडेर पुछारमा रहेको छ ।

यसै खेलबाट नै स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोसले पिएसजीका लागि ‘डेब्यु’ गरेका छन् । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट फ्रि ट्रान्सफरमा पिएसजी पुगेका रामोसले चोटका कारण डेब्युको लागि लामो प्रतिक्षा गर्नुपरेको हो ।

उनलाई प्रशिक्षक मौरिसियो पोचेटिनोले पहिलो रोजाईमा राखेका थिए । उनले पुरै समय मैद्यानमा बिताएका थिए । यो सिजन पिएसजीले रामोसविना सुपरकपसहित २० खेल खेलिसकेको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.