default_image

2 years ago

November 29, 2021

म्यानचेस्टर सिटीको जित

एजेन्सी – इल्केए गुन्डोगान र फर्नान्डिन्होको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । सिटीले घरेलु मैदानमा २–१ को जित निकालेको हो । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलको ३३औं मिनेटमा गुन्डोगानको गोलबाट सिटीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । खेलभर सिटीले पाहुना टोलीलाई दवावमा राखेपनि वेस्ट ह्यामले पनि […]

89 views

0 Bookmark

एजेन्सी – इल्केए गुन्डोगान र फर्नान्डिन्होको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । सिटीले घरेलु मैदानमा २–१ को जित निकालेको हो ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलको ३३औं मिनेटमा गुन्डोगानको गोलबाट सिटीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । खेलभर सिटीले पाहुना टोलीलाई दवावमा राखेपनि वेस्ट ह्यामले पनि समय समयमा सिटीमाथि समस्या सिर्जना गरेको थियो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको पाँचा मिनेटमा म्यानुयल लान्जिनीले गोल गरेपनि वेस्टह्यामले हार टार्न सकेन ।

जितपछि सिटी १३ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सिटीले लिभरपुललाई पछि पारेको हो । पराजित वेस्टह्याम २३ अंक जोडेर चौथो स्थानमा रहँदा शीर्ष तीन टोलीसँगको अंक दुरी छोट्याउने अवसर गुमायो ।

अर्काे खेलमा ब्रेन्टफर्डले एभर्टनलाई १–० ले पराजित गरेको छ । ब्रेन्टफर्डको जितमा इभान टोलीले निर्णायक गोल गरे । जितपछि ब्रेन्टफर्ड १३ खेलबाट १६ अंक जोडेर १२औं स्थानमा रहँदा एभर्टन १५ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.