default_image

2 years ago

November 29, 2021

बेन्जेमा र भिनिको गोलमा रियलको पूनरागमन जित

एजेन्सी – फरवार्ड करिम बेन्जेमा र भिनिसियस जुनियरको गोल मद्दतमा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा रियलले सेभियालाई २–१ ले पराजित गरेको हो । सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा राफा मिरको गोल सान्त्वना बन्यो । उनले खेलको १२औं मिनेटमा मार्काेस एकुनाको पासमा गोल गर्दै सेभियालाई सुरुवाती […]

72 views

0 Bookmark

एजेन्सी – फरवार्ड करिम बेन्जेमा र भिनिसियस जुनियरको गोल मद्दतमा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा रियलले सेभियालाई २–१ ले पराजित गरेको हो ।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा राफा मिरको गोल सान्त्वना बन्यो । उनले खेलको १२औं मिनेटमा मार्काेस एकुनाको पासमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । १४औं मिनेटमा राफा मिरको प्रहारलाई डेभिड अलाबाले गोललाइनबाट क्लियर गर्दै रियलको संकट टारे ।

३१औं मिनेटमा लुकास ओकम्पासको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा सेभिया अग्रता दोब्बर पार्नबाट चुक्यो । ३२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । काउन्टर अट्याकमा इडर मिलिसाओको झन्डै ३० यार्ड टाढाको प्रहारलाई गोलरक्षक यासिन बोनोउले नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्डमा बेन्जेमाले खाली पोस्टमा गोल गरे ।

४५औं मिनेटमा मार्काे एसेन्सियोको प्रहार क्रसबारबाट थोरै बाहिरिदा रियल अग्रता लिनबाट चुक्यो । ८४औं मिनेटमा टोनी क्रुसको फ्रिकिकमा डेभिड अलाबाको १८ यार्ड टाढाको भली प्रहार क्रसबारबाट बाहिरियो । ८७औं मिनेटमा दुई ब्राजिली इडर मिलिसाओ र भिनिसियसको समन्वयमा बनेको मुभमा भिनिले गोल गर्दै रियललाई पूनरागमन जित दिलाए ।

यो जितसँगै शीर्षस्थानमा रहेको रियलको १४ खेलबाट ३३ अंक पुगेको छ । रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई ४ अंकले पछि पारेको छ । पराजित सेभियाले दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा २८ अंक जोडेर शीर्ष चारमा रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.