default_image

2 years ago

November 29, 2021

शीर्षस्थानको चेल्सी हारबाट जोगियो

एजेन्सी – खेलमा पछि परेको अवस्थामा जर्गिन्होले पेनाल्टीमार्फत गोल गरेपछि लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । घरेलु मैदानमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा हाकिम जियाचको […]

83 views

0 Bookmark

एजेन्सी – खेलमा पछि परेको अवस्थामा जर्गिन्होले पेनाल्टीमार्फत गोल गरेपछि लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । घरेलु मैदानमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा हाकिम जियाचको प्रहार सोझै गोलरक्षक डेभिड हे गेयाको हातमा पुग्यो । ३१औं मिनेटमा एन्टेनियो रुडिगरको प्रहार बारमा लागेर फर्कदा चेल्सी अग्रता लिनबाट चुक्यो ।

५०औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । कप्तान जर्गिन्होको गल्तीमा सान्चोले बललाई नियन्त्रणमा लिदै मार्कुस रासफोर्डसँगको समन्वयमा गोल गरेका थिए । ५८औं मिनेटमा टिमो वेर्नरले सुनौलो अवसर पाएपनि सदुपयोग गर्न नसक्दा चेल्सी बराबरीबाट चुक्यो ।

६९औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । आरोन वान विशाखाले पेनाल्टी बक्समा थियागो सिल्भालाई फउल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा जर्गिन्हो चुकेनन् ।

७९औं मिनेटमा टिमो वेर्नरको प्रहारलाई विशाखाले ब्लक गर्दा चेल्सीले खेलमा अग्रता लिन सकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हाकिम जियाचको प्रहार सदुपयोग हुन सकेन ।

बराबरीपछि शीर्षस्थानमा रहेको चेल्सीको १३ खेलबाट ३० अंक पुगेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ तथा तेस्रोमा रहेको लिभरपुलको २९ अंक छ । युनाइटेड १८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

अन्य नतिजा

ब्रेन्टफर्डविरुद्ध एभर्टन (–०), लेस्टरविरुद्ध वाट्फोर्ड (–२) र म्यानचेस्टर सिटीविरुद्ध वेस्ट ह्याम (–१)

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.