default_image

2 years ago

December 1, 2021

मेस्सीसामु रोनाल्डो कमजोर सावित हुँदै

एजेन्सी – विश्व फुटबलमा पछिल्लो १५ वर्षयता दुई सुपर स्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीबीच प्रतिस्पर्धा रहँदै आएको छ । त्यसकै कारण पछिल्लो डेढ दशक बालोन डी ओर अधिकांश समय यि दुई खेलाडीको वरिपरि घुमेको छ । तर, अब विस्तार यी दुई खेलाडीबीचको प्रतिस्पर्धा अन्त्यतिर आइपुगेको देखिन्छ । प्रतिष्ठित बालोन डी ओर मेस्सीले सोमबार सातौं […]

107 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा पछिल्लो १५ वर्षयता दुई सुपर स्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीबीच प्रतिस्पर्धा रहँदै आएको छ । त्यसकै कारण पछिल्लो डेढ दशक बालोन डी ओर अधिकांश समय यि दुई खेलाडीको वरिपरि घुमेको छ ।

तर, अब विस्तार यी दुई खेलाडीबीचको प्रतिस्पर्धा अन्त्यतिर आइपुगेको देखिन्छ । प्रतिष्ठित बालोन डी ओर मेस्सीले सोमबार सातौं पटक जितेका छन् । उपाधि दौडमा रोनाल्डो भने छैटौं स्थानमा रहे । १७ पटक बालोन डी ओरको मनोनयमा परेको रोनाल्डो सन् २०१० यता पहिलो पटक शीर्ष ३ बाट बाहिर परेका छन् ।

हाल म्यानचेष्टर युनाइटेडका फरवार्डको अघिल्लो सिजन युभेन्ट्समा प्रदर्शन खराब रह्यो । त्यस्तै युरो २०२० मा पनि उनको कप्तानीमा रहेको पोर्चुगलको प्रदर्शन एकरुपको रहन सकेन । यसै सिजन इग्ल्यान्ड पुगेका रोनाल्डो सम्मलित युनाइटेड प्रिमियर लिगमा हाल आठौं स्थानमा रहेको छ । विश्वकप छनोटमा पनि मेस्सीको अर्जेन्टिना छनोट भइसक्दा पोर्चुगलले प्लेअफको कठिन पथ पार गर्नुपर्ने छ ।

रोनाल्डो अहिले ३६ वर्ष भइसकेका छन् । विगतमा जस्तै उनको प्रदर्शन रहन्छ रहन्न भन्न सकिने अवस्था छैन । यद्दपी जारी सिजनको १५ खेलमा रोनाल्डोले १० गोल गरिसकेका छन् । मेस्सी र रोनाल्डोबीचको आपसी सम्बन्ध एकअर्कालाई समर्थन गर्ने खालको रहँदै आएको छ । दुवैले एक अर्काको क्षमताको प्रशंसा गरेका छन् । तथापी उनीहरु बीच प्रतिस्पर्धा पनि छन् ।

तर, उमेरका कारणले पनि रोनाल्डो माथि मेस्सी हावी हुने देखिएको छ । बालोन डी ओर मेस्सीसँग ७ वटा छने भने रोनाल्डोको ५ वटा रहेको छ । रोनाल्डोले पछिल्लो पटक सन् २०१७ बालोन डी ओर जितेका थिए । त्यसको अर्को वर्ष क्रोएसियालाई विश्व कप फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका लुका मोड्रिचले २०१८ को बालोन डी ओर जितेका थिए । त्यसयता मेस्सीले दुई पटक अवार्ड जितेका छन् । त्यसअर्थ अब रोनाल्डोले उनलाई भेट्ने सम्भावना कम छ ।

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.