default_image

2 years ago

December 1, 2021

बायर्न र बार्सिलोनाको खेल दर्शकविना हुने

एजेन्सी – युईएफ च्याम्पियन्स लिग अन्तरगतको जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीचको समूह चरणको अन्तिम खेल बन्द रंगशालामा हुने भएको छ । यो खेल बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा अर्काे साता आयोजना हुदैछ । पछिल्लो समय जर्मनीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दै गएपछि जर्मन सरकारले खेलकुदलाई बन्द रंगशालामा गर्ने योजना […]

162 views

0 Bookmark

एजेन्सी – युईफ च्याम्पियन्स लिग अन्तरगतको जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीचको समूह चरणको अन्तिम खेल बन्द रंगशालामा हुने भएको छ ।

यो खेल बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा अर्काे साता आयोजना हुदैछ । पछिल्लो समय जर्मनीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दै गएपछि जर्मन सरकारले खेलकुदलाई बन्द रंगशालामा गर्ने योजना बनाएको छ ।

कोरोना भाइरस संक्रमण दर उच्च बनेपछि खाली स्टेडियममा खेलकुद गर्न माग आउन थालेपछि गभर्नरले उक्त कदम चाल्ने बताईएको छ बाभेरियाका गभर्नर मार्कस साडरले देशमा कोरोना संक्रमण दर बढ्दै गएकाले समर्थकलाई अब रंगशालामा अनुमति नदिने बताएका छन् ।

गभर्नर मार्कस साँडरद्वारा उच्च पदाधिकारीहरुसंग छलफल गर्ने र उक्त निर्णय गर्ने सहमति नभएपनि स्टेडियममा उपस्थित समर्थकलाई रोक लगाइने कुरा प्रष्ट पारेको छ । ‘यसले निकट भविष्यका लागि दर्शकहरूलाई फेरि अनुमति दिनु कुनै अर्थ छैन ।’ साँडरले भने ।

बायर्न र बार्सिलोनाबीचको खेल ८ डिसेम्वरमा हुदैछ । यो खेल बार्सिलोनालाई समूह चरण पार गर्न निर्णायक खेल हुनेछ । बायर्न लगातार पाँचौ जित निकाल्दै समूह ‘ई’ बाट प्रि–क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । बायर्नसँग हार हार भोगेको अवस्था र अर्काे खेलमा बेन्फिका विजयी भए बार्सिलोना समूह चरणबाटै बाहिरिनेछ । बायर्नलाई बराबरीमा रोकेको अवस्थामा अर्काे खेलमा बेन्फिका विजयी भएपनि बार्सिलोना हेड टु हेडमा अघि बढ्नेछ । जितले बार्सिलोना अघि बढ्नेछ ।

बायर्नले गत अक्टोबरमा आफ्नो रंगशालामा पुर्ण दर्शक क्षमता (७५ हजार) दर्शक राख्ने अनुमति पाएको थियो । तर बढ्दो संक्रमणदरले दर्शक क्षमतामा २५ प्रतिशत कटौती गरेको छ । समर्थकले रंगशाला प्रवेशको लागि कोरोना नेगेटिभको नतिजा र कोरोना खोप लगाएको प्रमाण देखाउनुपर्नेछ ।

जर्मनीका अर्काे साता आरबी लाइप्जिग र म्यानचेस्टर सिटीबीचको खेल पनि दर्शकविना नै हुने पक्का भइसकेको छ । मर्केलका प्रवक्ता, स्टेफेन सेइबर्टले शनिबार बोरुसिया मोन्चेनग्लाडबाचविरुद्ध कोल्नको बुन्डेसलिगा खेलको लागि ५० हजार प्रशंसकहरूलाई अनुमति दिइएको कुरामा सोमबार निराशा व्यक्त गरेका छन् ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.