default_image

2 years ago

December 2, 2021

हालान्ड र वेर्नर म्यानचेस्टर युनाइटेडको प्राथमिकतामा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा राल्फ राङ्गनिक अन्तरिम प्रशिक्षकमा नियुक्त भएपछि उनले टिमलाई सन्तुलन बनाउने योजना बुनिसकेका छन् । क्लबले खेलाडी सरुवा बजारमा टोलीलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ । जर्मनीका ६३ वर्षीय राल्फले म्यानचेस्टर युनाइटेडको आक्रमण सुधार गर्न एर्लिङ ब्राउट हालान्ड र टिमो वेर्नर प्राथमिकतामा राखेका छन् । राङ्गनिकले युनाइटेडको अग्रपङ्तिमा क्रिस्टियानो रोनाल्डोसँगै […]

73 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा राल्फ राङ्गनिक अन्तरिम प्रशिक्षकमा नियुक्त भएपछि उनले टिमलाई सन्तुलन बनाउने योजना बुनिसकेका छन् ।

क्लबले खेलाडी सरुवा बजारमा टोलीलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ । जर्मनीका ६३ वर्षीय राल्फले म्यानचेस्टर युनाइटेडको आक्रमण सुधार गर्न एर्लिङ ब्राउट हालान्ड र टिमो वेर्नर प्राथमिकतामा राखेका छन् । राङ्गनिकले युनाइटेडको अग्रपङ्तिमा क्रिस्टियानो रोनाल्डोसँगै हालान्ड र वेर्नरलाई थप्न चाहेका हुन् ।

जर्मनीको प्रतिष्ठित पत्रिका विल्डका अनुसार दुई फरवार्ड हालान्ड र वेर्नरबारे उनलाई राम्ररी थाहा छ । हालान्डलाई आरबी साल्जवर्गमा उनै राङ्निकले आबद्ध गराउन महत्वपुर्ण भुमिका निभाएका थिए । त्यसैले म्यानचेस्टर युनाइटेडलाई आशा छ कि हालान्डलाई यो समरमा राङ्गनिकले अनुबन्ध गर्न सक्नेछ । हालान्डको मुल्य ११८ मिलियन युरो रहेको छ ।

लाइप्जिगका पुर्व प्रशिक्षक राङ्गनिकले प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीका फरवार्ड टिमो वेर्नरलाई अनुबन्ध गर्न केही कठिन हुन सक्नेछ । तर, वेर्नरले चेल्सीमा आफ्नो प्रभाव जमाउन सकेका छैनन् । यदि म्यानचेस्ट युनाइटेडले हालान्ड र वेर्नर दुवैलाई युनाइटेडमा अनुबन्ध गरेको अवस्थामा क्लबमा रहेका केही खेलाडीलाई बिदा गर्नुपर्ने हुन्छ । किनकि युनाइटेडमा फरवार्डको थुप्रै विकल्प रहेको छ ।

एडिन्सन काभानी, मार्कस रासफोर्ड, मेसन ग्रीनवुड, एन्थोनी मार्सियालमध्ये केही खेलाडीलाई बेच्ने वा लोनमा पठाउन सक्नेछ । यो निश्चित छ कि म्यानचेस्टर युनाइटेडमा यो समरसँगै धेरै गतिविधि हुने पक्का छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.