4 years ago
December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदारको रुपमा रहेको रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ । एक गोलले पछि परेको अवस्थामा मिक्चेन तामाङले गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट जोगिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेल१–१ गोलको बराबरीमा टुंगिएको छ । खेलको चौथो मिनेटमा प्रिजेन तामाङको प्रहारलाई गोलरक्षक प्रिसोले पञ्च गर्दै बचाउँदा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो । २०औं मिनेटमा निशान खड्काको फ्रिकिकलाई फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले सहजै बचाए ।
२५औं मिनेटमा सन्जोक राईको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । ५०औं मिनेटमा सन्जोक राईको पासमा ऋतिक खड्काले वान भर्सेस वानको अवस्थामा गरेको प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले बचाउँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।
लगत्तै ५१औं मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए । उनले कप्तान प्रकाश बुढाथोकीको त्रसलाई सदुपयोग गरेका थिए । ७५औं मिनेटमा अशोक खवासको पासमा सन्जोक राईको पेनाल्टी बक्सबाहिरको प्रहार पोलमा लागेर फर्कदा थ्री स्टार बराबरीबाट चुक्यो ।
८३औं मिनेटमा हेमन्त थापामगरको चलाखीपुर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा गोलरक्षक राहुल अघि बढेको अवस्थामा ऋतिक खड्काको प्रहारलाई पोस्टबाट रोनेल एन्थोनी पलले हेडमार्फत क्लियर गर्दा थ्री स्टार अग्रता लिनबाट चुक्यो । ८८औं मिनेटमा हेमन्तको कर्नरका अनन्त तामाङको हेडर बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।
बराबरीपछि थ्री स्टारको ३ खेलबाट ४ अंक पुगेको छ । फ्रेन्ड्सको तीन खेलबाट २ अंक छ । यसअघि पहिलो खेलमा थ्री स्टारले च्यासललाई ३–० ले पराजित गर्दा दोस्रो खेलमा सातदोबाटोसँग १–० ले स्तब्ध बनेको थियो । फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेल्दा संकटासाग २–१ को हार बेहोरेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]