default_image

2 years ago

December 6, 2021

युभेन्ट्सको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा जिनोआलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्टसको सहज जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे । पहिलो हाफमा कोर्डाडो र दोस्रो हाफमा डिबालाले गोल गरेका थिए । एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको नवौं मिनेटमा […]

115 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा जिनोआलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्टसको सहज जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे । पहिलो हाफमा कोर्डाडो र दोस्रो हाफमा डिबालाले गोल गरेका थिए । एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको नवौं मिनेटमा कोर्डाडोको गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । उनले फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए ।

बल पोसेसनमा बलियो पकड राखेपनि युभेन्ट्सले दोस्रो गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो । ८२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे । उनले फेडरिको बर्नरडेस्चीका पासमा गोल गरेका थिए ।

जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान २७ अंक नै रहेपनि युभेन्ट्सले फियारेन्टिनालाई पछि पारेको हो । पराजित जिनोआ १० अंक जोडेर १८औं स्थानमा रहेको छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.