default_image

2 years ago

December 6, 2021

फ्रेडको गोलमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – ब्राजिलियन सेन्ट्रल मिडफिल्डर फ्रेडको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा म्यानचेस्टरले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको हो । फ्रेडले ७७औं मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि युनाइटेडले गोलको लागि संघर्ष गर्नुपरेको थियो । क्रिष्टियानो […]

76 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन सेन्ट्रल मिडफिल्डर फ्रेडको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा संघर्षपुर्ण जित निकालेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा म्यानचेस्टरले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको हो । फ्रेडले ७७औं मिनेटमा गोल गरेका थिए ।

घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि युनाइटेडले गोलको लागि संघर्ष गर्नुपरेको थियो । क्रिष्टियानो रोनाल्डो, जाडोन सान्चो, मार्कस रासफोर्ड र ब्रुनो फर्नान्डेसको प्रहारलाई क्रिस्टल प्यालेसका डिफेन्डर र गोलरक्षक बाधक बनेका थिए ।

जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.