default_image

2 years ago

December 6, 2021

सन चम्कदा टोटेनहमको सानदार जित

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले सहज जित निकालेको छ । टोटेनहमले घरेलु मैदानमा नर्विच सिटीमाथि ३–० को सहज जित आत्मसात गरेको हो । घरेलु टोलीको जितमा लुकास मोउरा, डाभिन्सन सान्चेज र ह्युङ मिन सनले गोल गरे । टोटेनहम हटस्पर स्टेडियममा […]

31 views

0 Bookmark

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले सहज जित निकालेको छ ।

टोटेनहमले घरेलु मैदानमा नर्विच सिटीमाथि ३–० को सहज जित आत्मसात गरेको हो । घरेलु टोलीको जितमा लुकास मोउरा, डाभिन्सन सान्चेज र ह्युङ मिन सनले गोल गरे ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको १०औं मिनेटमा लुकास मोउराको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । उनले ह्युङ मिन सनको पासलाई सदुपयोग गरेका थिए ।

६७औं मिनेटमा डाभिन्सन सान्चेजले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । कर्नरबाट आएको बल डिफ्लेक्ट हुँदा सान्चेजले सिक्स यार्ड बक्सबाट सहज गोल गरेका थिए । ७७औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोलीको सहज जित पक्का गरे । उनले बेन डेभिसको पासा गोल गरेका थिए ।

जितसँगै टोटेनहम १४ खेलबाट २५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित नर्विच सिटी १० अंक जोडेर पुछारमा रहेको छ ।

अर्काे खेलमा सुरुवाती अग्रता लिनका बावजुत लेस्टर सिटीले एस्टन भिल्लासँग २–१ को हार बेहोरेको छ । भिल्लाको जितमा इजरी कोन्साले दुवै गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए ।

यो जितसँगै भिल्ला १९ अंक जोडेर १०औं स्थानमा रहेको छ । समान १९ अंक नै रहेपनि लेस्टर हेड टु हेडमा पछि पर्दै ११औं स्थानमा रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.