default_image

2 years ago

December 7, 2021

टोटेनहमका ६ खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परको सिनियर ६ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बेलायती संचारमध्यमका अनुसार टोटेनहमको सिनियर टोलीका ६ खेलाडी र दुई जना स्टाफलाई कोरोनो सक्रमण पुष्टि भएको बताइएको छ । सिनियर टोलीकै ६ खेलाडीलाई कोरोना पुष्टि भएपछि टोटेनहमलाई थप समस्या सिर्जना भएको छ । खेलाडीको नाम भने खुलाइएको छैन । खेलाडीहरु […]

45 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परको सिनियर ६ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बेलायती संचारमध्यमका अनुसार टोटेनहमको सिनियर टोलीका ६ खेलाडी र दुई जना स्टाफलाई कोरोनो सक्रमण पुष्टि भएको बताइएको छ ।

सिनियर टोलीकै ६ खेलाडीलाई कोरोना पुष्टि भएपछि टोटेनहमलाई थप समस्या सिर्जना भएको छ । खेलाडीको नाम भने खुलाइएको छैन । खेलाडीहरु कम्तीमा १० दिन आइसोलेसनमा बस्नुपर्ने भएपछि उनीहरुले यसै साता युरोपा कन्फ्रेस लिगमा रेनेस र प्रिमियर लिगमा ब्राइटनसँगको खेल गुमाउने पक्का छ । टोटेनहमले यो अवधिमा कारवाओ कप एफए कपमा पनि प्रतिस्पर्धा गर्दैछ ।

संक्रमण देखिएका खेलाडी तथा अफिसियलले पुन: पिसिआर परिक्षण गर्नेछन् । पुन: नतिजा पोजेटिभ नतिजा आए उनीहरु कम्तीमा १० दिन आइसोलेसनमा बस्नुपर्नेछ । नेगेटिभ आएको खण्डमा उनी टोलीमा उपलब्ध हुनेछन् ।

नयाँ प्रशिक्षक एन्टेनियो कोन्टे प्रशिक्षणमा आएयता टोलीले उच्च प्रदर्शन गरिरहेको छ । टोटेनहम प्रिमियर लिगको पाँचौ स्थानमा रहेको छ । टोटेनहम शीर्ष चारको वेस्टह्याम भन्दा २ अंकले पछि छ । अत्यधिक हिमपातका कारण बर्नलेसँग गत नोभेम्बर २८ मा हुनुपर्ने खेल स्थगित भएको थियो ।

पछिल्लो समय प्रिमियर लिगका टोलीमा कोरोना देखिएको यो पहिलोपटक होइन । यसअघि म्यानचेस्टर सिटीका चार खेलाडीलाई कोरोना देखिएको थियो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.