4 years ago
December 9, 2021
एजेन्सी – क्याटलान क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को हार र अर्काे खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।

बर्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिएको हो । यसअघि सन् २०००/०१ सिजनमा बार्सिलोना समूह चरणबाट नै बाहिरिएको थियो । जाभी हर्नान्डेज च्याम्पियन्स लिगबाट बाहिरिने बार्सिलोनाको खेलाडी र प्रशिक्षक बनेका छन् । २०००–०१ म जाभी बार्सिलोनाको युवा खेलाडी र यसपटक टोलीको मुख्य प्रशिक्षक रहेका थिए ।
एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा घरेलु टोली बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे । बायर्नले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।
खेलको ३४औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोली बायर्नलाई अग्रता दिलाए । उनले रोबर्ट लेवान्डोस्कीको पासमा हेडमार्फत गोल गरेका थिए । ४३औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले किङ्सले कोमानको पासलाई सदुपयोग गरे ।

६२औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । उनले अलफन्सो डाभिसको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्नले जित निकाल्दै बार्सिलोनालाई समूह चरणबाटै नकआउट गराए । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।
यो जितसँगै बायर्नले समूह ‘ई’ मा शतप्रतिशत जित निकाल्दै समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । बायर्नले ६ खेलबाट १८ अंक जोड्यो । पराजित बार्सिलोना ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
बार्सिलोनाले समूह चरणमा दुई जित, एक बराबरी र तीन हारको नतिजा निकाल्यो । बार्सिलोनाले बायर्नसँग दुई खेलमा समान ३–० र बेन्फिकासँग ३–० को कै हार बेहोरेको थियो । डेनामो किएभलाई दुवै खेलमा समान १–० ले पराजित गर्दा बेन्फिकासँग एक खेलमा गोलरहित बराबरी खेल्यो ।
यही समुहको अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले युक्रेनी क्लब डेनामो किएभलाई २–० ले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो । बेन्फिकाले समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा जित तथा अर्काे खेलमा बार्सिलोनाले हार भोगेपछि समूह चरण पार गर्न सफल भएको हो ।
बेन्फिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टाे जुनियरले गोल गरे । जितपछि बेन्फिकाले समूहमा ६ खेलबाट ८ अंक जोड्यो । पराजित डेनामो किएभले १ अंक जोड्यो ।


November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]


November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]