4 years ago
December 10, 2021
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बुधबार राति च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को लज्जास्पद हार बेहोर्दै दुई दशकपछि समूह चरण पार गर्न सकेन ।

डगआउटमा जाभी हर्नान्डेज रहँदा बार्सिलोनाले नयाँ युगको संकेत दिने अनुमान गरिएको थियो । तर, बार्सिलोनाले आफ्नो प्रदर्शनमा सुधार गर्न नसक्दा युरोपा लिगमा खुम्चियो । बायर्नसँगको यो हार बार्सिलोनाले च्याम्पियन्स लिगमा २०१७ पछि भोगेको दशौं ठुलो हार बन्यो ।
हालको नतिजालाई लिएर तत्कालै जाभीलाई दोष दिनु पनि गलत नै हुनेछ । किनभने बार्सिलोना आर्थिक संकट र अन्य विभिन्न समस्याले घेरिएको छ । जाभीले नयाँ टोली निर्माण गर्ने योजना बुनिरहेका छन् ।
बार्सिलोनाले सन् २०१७ मा पिएसजीसँग ४–० को लज्जास्पद हार बेहोरेको थियो । पार्क डेस प्रिन्सेसमा भएको खेलमा लियोनेल मेस्सी, नेयमार, लुइस सुआरेज र आन्द्रेस इनिस्टाजस्ता खेलाडी लुइस इनरिकेको टोलीमा रहँदाको त्यो हार एक दुर्घटना नै बनेको थियो । क्याम्प नोउमा बार्सिलोनाले ६–१ को सानदार जित निकाल्दै त्यो युगको अन्त्य भएको आभास गराएको थियो । तर, त्यसको तीन सातापछि युभेन्ट्ससँगको ३–० को लज्जास्पद हारले लुइस इनरिके र नेयमार बाहिरिनु जस्तै पुष्टि भयो ।
२०१८ मा क्वाटरफाइनलको पहिलो लेगमा रोमामाथि ४–१ को आरामदायी जित निकालेपनि बार्सिलोनाले दोस्रो लेगमा ३–० को लज्जास्पद हार बेहोरेको थियो । २०१९ को सेमिफाइनलमा बार्सिलोनाले लिभरपुललाई ३–० ले हराएपनि दोस्रो लेगमा ४–० को लज्जास्पद हार बेहोर्दै बाहिरिन पुगेको थियो ।

तर, बार्सिलोनाको सबैभन्दा खराब नतिजा २०२० मा रह्यो । क्वाटरफाइनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८–२ को सर्मानाक हार बेहोर्न पुगेको थियो । यो श्रृंखला यतिमै रोकिएन । सन् २०२०–२१ को सिजनमा बार्सिलोनाले समूह चरणमा युभेन्ट्ससँग ३–० को हार बेहोर्दा प्रि–क्वाटरफाइनलमा पिएसजीसँग ४–१ ले पराजित भएको थियो । यो सिजन पनि बार्सिलोनाले बायर्नसँगको दुई खेल र बेन्फिकासँगको एक खेलमा समान ३–० कै हार बेहोर्दै समूह चरण पार गर्न सकेन ।
यो सबैलाई थाहा छ । बार्सिलोना अहिले ठुलो समस्यामा रहेको छ । च्याम्पियन्स लिगबाट बाहिरिएपछि युरोपा लिग खेल्नुपर्ने अवस्था सिर्जना भएको छ । बार्सिलोनाले युरोपा लिग खेल्नुपर्ने अवस्था पक्कै पनि राम्रो होइन । तर, सन् २०१७ पछि नै बार्सिलोनाले सबैभन्दा खराव समय गुजारिरहेको छ । यो फिर्ता आउन समय लाग्नेछ । यसमा प्रशिक्षक जाभी हर्नान्डेज र अध्यक्ष जोन लापोर्टाले निरन्तर प्रयास गरिहेका छन् ।
२०१७ पछि बार्सिलोनाको ठुलो हार :
१. २०१६–१७ – प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पिएसजीसँग ४–० को हार
२. २०१६–१७ – क्वाटरफाइनलको पहिलो लेगमा युभेन्ट्ससँग ३–० को हार
३. २०१७–१८ – क्वाटरफाइनलको दोस्रो लेगमा रोमासँग ३–० को हार
४. २०१८–१९ – सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलसँग ४–० को हार
५. २०१९–२० – क्वाटरफाइनलमा बायर्नसँग ८–२ को हार
६. २०२०–२१ – समूह चरणमा युभेन्ट्सँग ३–० को हार
७. २०२०–२१ – प्रि–क्वाटरफाइनलमा पिएसजीसँग ४–१ को हार
८. २०२१–२२ – समुह चरणमा बायर्नसँग ३–० को हार
९.२०२१–२२ – समूह चरणमा बेन्फिकासँग ३–० को हार
१०. २०२१–२२ – समूह चरणमा बायर्नसँग ३–० को हार
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]