default_image

3 years ago

December 11, 2021

हालान्डको सम्भावित चार गन्तव्य

120 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले यो समरको अन्त्यसँगै क्लब छाड्ने बलियो सम्भावना रहेको छ ।

हालान्डको एजेन्ट मिनो राइओलाको अनुसार हालान्डलाई अनुबन्ध गर्न आउदो समरमा युरोपका चार ठुला क्लबले नजर लगाएको छ । स्पेनिस क्लब रियल म्याड्रिड, क्याटलान क्लब बार्सिलोना, इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बायर्न म्युनिखमध्ये एकमा सरुवा हुने सम्भावना रहेको छ ।

रेडबुल साल्जवर्ग र बोरुसिया डर्टमुन्डमा लगातारको उच्च प्रदर्शनसँगै हालान्ड पछिल्ला वर्षमा गरेको प्रदर्शनबाट हालान्डको नाम निरन्तर स्थानान्तरणसँग जोडिएको छ । राइओलाका अनुसार हालान्ड अर्काे चरणको लागि तयार भएको महसुस भएको र उनलाई युरोपका अधिकांश ठुला क्लबले बोली लगाउनेछन् ।

रियल म्याड्रिड हालान्डको मनपर्ने गन्तव्य रहेपनि अब रियलले उनलाई सजिलै अनुबन्ध गर्न कठिन देखिन्छ । म्यानचेस्टर युनाइटेडको प्रस्ताव अस्वीकार गरेका हालान्डको अर्काे सम्भावित गन्तव्य म्यानचेस्टर सिटी बनेको छ । युनाइटेडले गत वर्षको जनवरीमै हालान्डलाई अनुबन्धको प्रयास गर्दा डर्टमुन्ड र हालान्डले अस्वीकार गरेको थियो ।

हुनुसक्छ यो गर्मीमा हालान्डले डर्टमुन्ड छाड्न सक्नेछन् । रियल, बायर्न, बार्सिलोना र म्यानचेस्टर सिटी हालान्डको गन्तव्य हुन सक्छ । हालान्डको रिलिज क्लज ९० मिलियन युरोसम्म रहने अनुमान छ । यही मुल्यकै हाराहारीमा नै उनको स्थानान्तरण हुन सक्नेछ ।

February 9, 2025

५ पटकको विजेता थ्री स्टार र मच्छिन्द्र खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]

February 9, 2025

सिटीको पुनरागमन जित, चेल्सी पराजित

एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]

February 9, 2025

एमबाप्पेको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]

Success

Thank you for your time.