default_image

4 years ago

December 12, 2021

बायर्नको जित, डर्टमुन्ड रोकियो

125 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जित निकाल्दा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले बराबरीको नतिजा निकालेको छ ।

घरेलु मैदानमा बायर्नले माइन्जमाथि २–१ को पूनरागमन जित निकालेको हो । बायर्नको पुनरागमन जितमा किङ्सले कोमान र जमल मुसिएलाले गोल गरे । माइन्जका करिम ओनिसिओले एक गोल गरे ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको २२औं मिनेटमा करिम ओनिसिओको गोलबाट माइन्जले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । एक गोलले पछि परेको बायर्नले त्यसपछि माइन्जलाई दवावमा राखेपनि दोस्रो हाफमा मात्रै बराबरी गोल फर्काउन सफल भयो ।

५३औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा लयाए । उनले कोरिन्टिन टोलिसोको पासमा गोल गरेका थिए । ७४आं मिनेटमा जमल मुसिएलाले बेन्जामिन पाभर्डको पासमा गोल गर्दै बायर्नको जित पक्का गरे ।

यो जितसँगै शीर्षस्थानमा रहेको बायर्नको १५ खेलबाट ३७ अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको बोरुयिा डर्टमुन्डलाई ६ अंकले पछि पारेको छ । डर्टमुन्डको समान खेलबाट ३१ अंक छ । पराजित माइन्ज २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

अर्काे खेलमा डर्टमुन्डले घरेलु टोली बोचुमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलको अन्त्यतिर जुलियन ब्रान्ड्टले गोल गर्दै डर्टमुन्डलाई हारबाट जोगाएका हुन् । त्यसअघि ४०औं मिनेटमा सेवास्टिएन पोल्टेरको गोलबाट बोचुमले अग्रता लिएको थियो ।

५४औं मिनेटमा डर्टमुन्डका मारिअस वल्फले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । यो बराबरीसँगै दोस्रो स्थानको डर्टमुन्डको १५ खेलबाट ३१ अंक पुगेको छ । बोचुम २० अंक जोडेर १०औं स्थानमा रहेको छ ।

अर्काे खेलमा आरबी लाइप्जिगले बोरुसिया मोन्चेनग्लाडवाकलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । लाइप्जिगको जितमा जोस्को जिभराडिओ, आन्द्रे सिल्भा, क्रिस्टोफोर एनकुुकु र बेन्जामिन हेनरिचले गोल गर्दा मोन्चेनग्लाडवाकका रामी बेन्सेवेइनीले एक गोल फर्काए ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.