default_image

4 years ago

December 12, 2021

थ्री स्टारलाई रोक्दै एपिएफलाई पहिलो अंक

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबलाई बराबरीमा रोक्दै नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको छ । एपिएफले थ्री स्टारलाई रोक्दै लिगमा पहिलो अंक बटुलेको हो ।

एपिएफले लिगको चौथो खेलमा अंक बटुलेको हो । यसअघि एपिएफले सुरुवाती तीन खेलमा नै हार बेहोरेको थियो । एपिएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२, च्यासलसँग १–० ले तथा सातदोबाटोसँग ४–१ ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको २९औं मिनेटमा हेमन्त थापामगरको कर्नरमा राफयल रिमगागोको हेडर पोस्टमाथिबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । ३०औं मिनेटमा मणि कुमार लामाको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक प्रिसोले मुस्किलले नियन्त्रणमा लिदै एपिएफको अग्रता टारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा अनन्त तामाङले सुवर्ण अवसर पाएपनि उनको प्रहार फितलो बन्यो । ४८औं मिनेटमा नविन लामाको फ्रिकिकमा राजन गुरुङको प्रहार फितलो बन्दा पोस्ट नजिकैबाट बाहिरियो ।

८१औं मिनेटमा आशिष लामाको हेडर पोस्ट नजिकेबाट बाहिरियो । दोस्रो हाफमा थ्री स्टारले कुनैपनि समय एपिएफको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

लिगमा थ्री स्टारको चौथो खेलमा यो दोस्रो बराबरी हो । यसअघि थ्री स्टारले फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेल्दा च्यासलमाथि ३–० को जित र सातदोबाटोसँग १–० को हार बेहोरेको थियो ।

बराबरीसँगै थ्री स्टारको ४ खेलबाट ५ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । समान ५ अंक भएपनि संकटा, पुलिस र एनआरटीलाई गोल अन्तरमा पछि पारेको हो । १ अंक बटुलेको एपिएफले एक स्थान सुधार गर्दै १३औं स्थानमा उक्लिएको छ । पुछारको जावलाखेल अंकविहीन छ ।

June 15, 2025

इन्टर मायमी र अल अहलीको बराबरी

एजेन्सी – लियोनल मेस्सी सम्मिलित इन्टर मायमी फिफा क्लब विश्वकप २०२५ को पहिलो खेलमा इजिप्टको अल अहलीसँग गोलरहित बराबरीमा रोकिएको छ । हार्ड रक स्टेडियममा भएको खेलमा समूह ए मा मायमीलाई १ अंक दिलाउन गोलकिपर ओस्कार उस्टारीको प्रदर्शन महत्वपूर्ण रह्यो । प्रतियोगिताको उद्घाटन खेलमा ३८ वर्षीय अर्जेन्टिनी गोलकिपर उस्टारीले ८ वटा उत्कृष्ट बचाउ गरे । […]

June 14, 2025

यस्तो हुनेछ फिफाको नयाँ क्लब विश्वकप

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसै वर्षदेखि नयाँ ढंगले सुरु गर्न लागेको फिफा क्लब विश्वकप शनिबार सुरु हुँदैछ । अमेरिकामा हुने प्रतियोगिताको पहिलो खेल नेपालमा भने स्थानीय समयअनुसार आइतबार विहान ५:४५ बजे सुरु हुनेछ । उद्घाटन खेलमा अल अहली र इन्टर मायमी खेल्नेछन् । सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको […]

June 14, 2025

अर्जेन्टिनी कीर्तिमानी मस्तान्तुओनो रियलमा अनुबन्धित

एजेन्सी – रियल म्याड्रिडले अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा खेलेका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ। १७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो। अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका […]

Success

Thank you for your time.