default_image

2 years ago

December 12, 2021

केयूको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं विश्वविद्यालय धुलिखेलले नेपाल आइस राष्ट्रव्यापी धुलिखेल मेयर कप फुटबल प्रतियोगिता २०७८ मा विजयी सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा भक्तपुरको एफसी रिअलेलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै केयू अर्को चरणमा पुगेको हो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा केयूका […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं विश्वविद्यालय धुलिखेलले नेपाल आइस राष्ट्रव्यापी धुलिखेल मेयर कप फुटबल प्रतियोगिता २०७८ मा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको उद्घाटन खेलमा भक्तपुरको एफसी रिअलेलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै केयू अर्को चरणमा पुगेको हो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा केयूका गोलरक्षक सौगात खत्रीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए । उनी खेलको प्लेयर अफ द म्याच बने ।

काठमाडौं विश्वविधालयका लागि अमित तिमल्सिनाले १३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । एफसी रिअलेका लागि २० औं मिनेटमा उमेश खड्काले बराबरी गोल गरे । ४० औं मिनेटमा रोहन खड्काले गोल गरेपछि रिअले २-१ ले अघि बढ्यो । तर अभिषेक श्रेष्ठले ७१ औं मिनेटमा बराबरी गोल गर्दै खेल टाइब्रेकरमा पुर्याए ।

प्रतियोगितामा १९ टोलीको सहभागिता रहेको छ । विजेता टोलीले २ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता टोलीले १ लाख पाउनेछ । विधागत उत्कृष्टतर्फ हरेक खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको अनुमानित बजेट १० लाख रुपैयाँ रहेको छ ।

प्रतियोगिताको आयोजक आकाश भैरव क्लबले धुलिखेल नगरपालिकासँग सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । सिजी ब्रुअरीको नेपाल आइसले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको सबै खेल धुलिखेलको सामुदायिक खेल मैदानमा हुनेछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.