4 years ago
December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – निरज बस्नेतको गोलमा संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिसविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा निरजले १८औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाएका हुन् । लक्ष्मण रुचालको कर्नरमा निरजले डाइभिङ हेडरमार्फत गोल गर्न सफल हुदा पुलिसका गोलरक्षक रोशन खड्काले बचाउने कुनै मौका नै पाएन ।
जारी लिगमा उनको यो तेस्रो गोल हो । उनले यसअघि फ्रेन्ड्स र मनाङविरुद्ध समान एक गोल गरेका थिए । निरजको गोल जारी लिगको ५०औं गोल हो । लिगको २७औं खेलमा ५० गोलको आँकडा पुरा भएको हो । संकटाकै लक्ष्मण रुचालले जारी लिगमा पहिलो गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमा सुभास गुरुङको क्रस पुलिसका डिफेन्डरलाई डिफ्लेक्ट हुदाँ जोर्डन जुनियर ओआनाको पेनाल्टी बक्सभित्र अवसर पाएपनि उनको प्रहार आकासिदा संकटा अग्रता लनबाट चुक्यो । चौथो मिनेटमा जोर्डनको क्रस पासमा फोडे फोफानाको हेडर पोस्टबाट थोरै बाहिरियो ।
१०औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा फोडे फोफानाको प्रहारलाई पुलिसका डिफेन्डरले ब्लक गरे । सोही मुभमा फोडे फोफानाको क्रस पासमा लक्ष्मण रुचालको प्रहारलाई सौजन राईले गोल लाइन नजिकैबाट हेडमार्फत क्लियर गर्दै बचाए । ४३औं मिनेटमा पुलिसले दुई अवसर सिर्जना गरेपनि संकटाका गोलरक्षक र डिफेन्डर बाधक बन्दा पुलिस बराबरीबाट चुक्यो ।
रवि पासवानको क्रसमा बुद्ध बल तामाङको टचलाई संकटाका डिफेन्डरले ब्लक गर्दा सुमनको ओभरहेड किकलाई गोलरक्षक राजाबाबु थापाले बचाए । लगत्तै सन्तोष हेमरुनको प्रहारलाई निरज बस्नेतले ब्लक गर्दै संकटाको खतरा टारे ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]