default_image

3 years ago

December 13, 2021

म्यानचेस्टर युनाइटेड र पिएसजी प्रि–क्वाटरफाइनलमा भिड्ने

143 views

0 Bookmark

एजेनसी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा नै भिड्ने भएका छन् ।

नियोनमा मंगलबार भएको ‘ड्र’ अनुसार समूह ‘एफ’ को विजेता म्यानचेस्टर युनाइटेडले समूह ‘ए’ को उपविजेता पिएसजी प्रतिद्धन्द्धी पाएको हो । यसको अर्थ आधुनिक फुटबलका हस्ती पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेस्सी पुनः एकपटक आमने–सामने हुने भएका हुन् ।

यस्तै साविक विजेता इंग्लिस क्लब चेल्सीले फ्रान्सेली क्लब लिल प्रतिद्धन्द्धी पाएको छ । च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडले पोर्चुगिज क्लब बेन्फिका प्रतिद्धन्द्धी पाएको छ । इंग्लिस क्लब लिभरपुलले अष्ट्रियन क्लब साल्जवर्ग प्रतिद्धन्द्धी पाउँदा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ ।

जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड प्रतिद्धन्द्धी पाउदा इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग प्रि–क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै इटालियन क्लब इन्टर मिलानले डच क्लब आयाक्ससँग खेल्नेछ ।

च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेग १५ र १६ तथा २२ र २३ फ्रेब्रुअरीमा तथा दोस्रो लेग ८ र ९ तथा १५ र १६ मार्चमा हुनेछ ।

समूह विजेता: म्यानचेस्टर सिटी, लिभरपुल, आयाक्स, रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, लिल, युभेन्टस

समूह उपविजेता: पिएसजी, एट्लेटिको म्याड्रिड, स्पोर्टिङ लिस्बन, इन्टर मिलान, बेन्फिका, भिल्लारियल, रेड बुल साल्जबर्ग, चेल्सी

February 9, 2025

५ पटकको विजेता थ्री स्टार र मच्छिन्द्र खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]

February 9, 2025

सिटीको पुनरागमन जित, चेल्सी पराजित

एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]

February 9, 2025

एमबाप्पेको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]

Success

Thank you for your time.