default_image

3 years ago

December 15, 2021

जिनाब्री चम्कदा बायर्नको सानदार जित

105 views

0 Bookmark

एजेन्सी – सर्ज जिनाब्रीको ह्याट्रिकसहित दुई असिस्ट दिएपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ ।बायर्नले घरेलु टोली भिएफवी स्टुटगार्टलाई ५–० को भारी अन्तरले पराजित गर्दा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल थपे ।

मर्सेडेस बेन्ज एरिना स्टुटगार्टमा मंगलबार राति भएको खेलमा बायर्नले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थपेको थियो ।थपेको थियो । खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको बायर्नले गोलको लागि ४०औं मिनेट कुर्नुपरेको थियो ।

४०औं मिनेटमा सर्ज जिनाब्रीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । घरेलु मैदानमा स्टुटगार्टले बलियो बायर्नलाई एक गोलमा रोकेपनि दोस्रो हाफमा त्यसलाई निरन्तरता दिन सकेन । ५३औं मिनेटमा जिनाब्रीले थोमस मुलरको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

६९औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । उनले सर्ज जिनाब्रीको पासलाई सदुपयोग गरेका थिए । ७२औं मिनेटमा जिनाब्रीको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अघि बढाए । ७४औं मिनेटमा जिनाब्रीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई सानदार जित दिलाए ।

जितसँगै शीर्षस्थानमा रहेको बायर्नको १६ खेलबाट ४० अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ९ अंकल पछि पारेको छ । बायर्नले एक खेल कम खेलेको छ । पराजित स्टुटगार्ट १७ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

February 9, 2025

५ पटकको विजेता थ्री स्टार र मच्छिन्द्र खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]

February 9, 2025

सिटीको पुनरागमन जित, चेल्सी पराजित

एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]

February 9, 2025

एमबाप्पेको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]

Success

Thank you for your time.