default_image

2 years ago

December 17, 2021

रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्लबले शीर्ष टोलीका थप चार खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको छ । पछिल्लोपटक कोरोना संक्रमण हुने खेलाडीमा मार्काे एसेन्सियो, एन्ड्री लुनिन, ग्यारेथ बेल र रोड्रिगो गोएस रहेका छन् । यसअघि रियलले आफ्नो दुई खेलाडी डिफेन्डर मार्सेलो र मिडफिल्डर लुका मोड्रिचलाई […]

54 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्लबले शीर्ष टोलीका थप चार खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको छ ।

पछिल्लोपटक कोरोना संक्रमण हुने खेलाडीमा मार्काे एसेन्सियो, एन्ड्री लुनिन, ग्यारेथ बेल र रोड्रिगो गोएस रहेका छन् । यसअघि रियलले आफ्नो दुई खेलाडी डिफेन्डर मार्सेलो र मिडफिल्डर लुका मोड्रिचलाई कोरोना पुष्टि भएको जनाएको थियो ।

आफ्नो शीर्ष टोलीका ६ खेलाडीलाई कोरोना पुष्टि भएसँगै रियललाई आगामी दुई खेलमा समस्या हुन सक्नेछ । रियलले यो साता रियलले क्याडिज र एथलेटिको बिल्वाओसँग खेल्दैछ । आफ्नो ६ खेलाडीलाई कोरोना पुष्टि भएपनि रियललाई खेल स्थगित गर्ने अनुमति पाएको छैन ।

ला लिगाको नियमअनुसार पहिलो रोजाईका कम्तीमा पनि १३ खेलाडी खेल्न योग्य रहेको अवस्थामा खेल स्थगित गर्न मिल्दैन । खेल स्थगित नभएको अवस्थामा रियलले आफ्नो एकेडेमीका खेलाडीलाई प्रयोग गर्ने सम्भावना रहेको छ ।

रियलले सोमबार राति घरेलु मैदानमा क्याडिजसँग प्रतिस्पर्धा गर्दैछ । रियल १७ खेलबाट ४२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । रियलले यो सिजन ला लिगामा १७ खेल खेल्दा १३ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.