3 years ago
December 23, 2021
एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी र टोटेनहम हटस्पर इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चेल्सीले घरेलु टोली ब्रेन्टफर्डलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । चेल्सीको अन्तिम चारको यात्रामा जर्गिन्होले पेनाल्टीमा गोल गर्दा एक गोल उपहार पाएको थियो ।
घरेलु टोलीलाई दवावमा राखेपनि चेल्सीले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ८०औं मिनेटमा पोन्टस जान्ससनले आत्मघाती गोल गरेपछि चेल्सीले खेलमा अग्रता लिएको थियो । ८५औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको जित पक्का गरे ।
अर्काे खेलमा टोटेनहमले वेस्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । टोटेनहमको जितमा स्टेभन वर्गवाइन र लुकास मौउराले गोल गरे । वेस्टह्यामका जरोड वोवेनले एक गोल फर्काए ।
टोटेनहम हटस्पर स्टेडियममा बुधबार राति भएको खेलको २९औं मिनेटमा स्टेभनको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले पिएरे इमिल होज्वजर्गको पासमा गोल गरेका थिए ।
३२औं मिनेटमा जारोड वोवेनले निकोला भ्लासिकको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३४औं मिनेटमा लुकास मौउराले स्टेभन वर्गवाइनको पासमा गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम विजयी हुन सफल भयो ।
February 9, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]
February 9, 2025
एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]
February 9, 2025
एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]