4 years ago
December 23, 2021
एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी र टोटेनहम हटस्पर इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

चेल्सीले घरेलु टोली ब्रेन्टफर्डलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । चेल्सीको अन्तिम चारको यात्रामा जर्गिन्होले पेनाल्टीमा गोल गर्दा एक गोल उपहार पाएको थियो ।
घरेलु टोलीलाई दवावमा राखेपनि चेल्सीले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ८०औं मिनेटमा पोन्टस जान्ससनले आत्मघाती गोल गरेपछि चेल्सीले खेलमा अग्रता लिएको थियो । ८५औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको जित पक्का गरे ।

अर्काे खेलमा टोटेनहमले वेस्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । टोटेनहमको जितमा स्टेभन वर्गवाइन र लुकास मौउराले गोल गरे । वेस्टह्यामका जरोड वोवेनले एक गोल फर्काए ।
टोटेनहम हटस्पर स्टेडियममा बुधबार राति भएको खेलको २९औं मिनेटमा स्टेभनको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले पिएरे इमिल होज्वजर्गको पासमा गोल गरेका थिए ।
३२औं मिनेटमा जारोड वोवेनले निकोला भ्लासिकको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३४औं मिनेटमा लुकास मौउराले स्टेभन वर्गवाइनको पासमा गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम विजयी हुन सफल भयो ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]