4 years ago
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगका छैटौं चरणका खेल शुक्रबार सुरु हुँदैछन् । दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १ः०० बजे एपिएफ फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) बीच हुनेछ । त्यस्तै नेपाल पुलिस क्ल्ब र फ्रेन्ड्स क्लबबीच दिउँसो ४ः४५ बजे खेल सुरु हुनेछ ।

पाँचौं चरणमा पुगेर पहिलो जित निकालेको एपिएफ त्यसैको निरन्तरताको पक्षमा हुनेछ । चौथो चरण सम्म जित विहिन रहेको एपिएफले पछिल्लो खेलमा फ्रेन्ड्सलाई ३–१ ले हराउँदै रेलिगेसन दबाबलाई थोरै कम गरेको थियो ।
यद्दपी टोली अहिले पनि रेलिगसेन क्षेत्रमै रहेको छ । चौथो चरणमा पुगेर पहिलो जित दर्ता गरेको एनआरटीले भने पछिल्लो खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो । एनआरटी ६ अंकका साथ सातौं र एपिएफ ४ अंकसहित १३ औं स्थानमा छ ।
अर्कोतर्फ पुलिस र फ्रेन्ड्स दुवैका लागि पछिल्लो खेल निराशाजनक रह्यो । पोखरामा पुलिसले मनाङ मस्र्याङ्दी क्लबसँगको खेल र फ्रेन्ड्सले काठमाडौंमा एपिएफसँगको खेल समान ३–१ ले गुमाएका थिए । २ अंक जोडेर फ्रेन्ड्स अंक तालिकाको पुछारमा रहेकोले रेलिगेसन स्वतः टोलीमाथि छ नै ।
अर्को तिर ५ खेलमा ५ अंक मात्र जोडेका कारण पुलिसमाथि पनि दबाब बढ्दै जान थालेको छ । आफू माथिको दबाब कम गराउनका लागि दुवै टोली जितको लक्ष्यका साथ मैदान उतर्नेछन् । तर, फ्रेन्ड्सले ५ खेलमा मात्र दुई खेलमा बराबरी गर्न सकेकोले बढी दबाब टोली माथि रहनेनैछ । पुलिस नवौं स्थानमा छ ।
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)-एसियन कप छनोटमा आज नेपाल मलेसियासँग १-० ले पराजित भएको छ। नेपाल खेलको अन्तिम मिनेटमा १० खेलाडी्ा समेटिएको थियो। एसियन कपमा पुग्ने संभावना समाप्त भैसकेको नेपाल समूहको शीर्षस्थानमा रहेको मलेसियालाई पहिलो हाफमा गोल रहित बराबरीमा रोक्न सफल भयो। खेलको ५६ औं मिनेटमा मलेसियाले नेपाल विरुद्ध अग्रता बनायो। फैसल हलिमले नेपालका गोल किपर किरण […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन कप छनोट चरण पार गर्ने संभावना समाप्त भएको नेपाली पुरुष फुटबल टोलीले आज मलेसियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको हो। पहिलो लेगमा नेपाल मलेसियासँग २-० पराजित भएको थियो […]
November 18, 2025
एजेन्सी – जर्मनीले स्लोभाकियालाई ६-० ले पराजित गर्दै समूह एको विजेता बन्दै २०२६ विश्वकपका लागि छनोट भएको छ । निक वोल्टेमाडेले खेलको सुरुमै हेडमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। त्यसपछि सेर्ज ग्नाब्री, लेरोय सानेले २ गोल गरेपछि जर्मनीले पहिलो हाफमा ४-० अगाडि रह्यो । दोस्रो हाफमा रिड्ले बाकु र असान उएद्राओगोले गोल गरेपछि जर्मनीले ६-० […]