3 years ago
January 1, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्ट्सका स्पेनिस फरवार्ड अनुबन्ध गर्ने तयारी गरेको छ । बार्सिलोनाले जनवरी ट्रान्सफरमा इटालियन क्लब युभेन्ट्सबाट अल्भारो मोराटालाई लोनमा अनुबन्ध गर्ने योजना बनाएको हो ।
बार्सिलोनाले जनवरी ट्रान्सफरमै इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट फेरान टोरेसलाई ५५ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ । बार्सिलोनाका प्रशिक्षक जाभीले टोलीको आक्रमणलाई बलियो पार्न थप फरवार्ड अनुबन्ध गर्न चाहेको हो । जाभी आफ्नो टोलीलाई ला लिगा र युरोपियन लिगमा आफ्नो बलियो उपस्थिति देखाउन चहान्छ ।
बार्सिलोनालाई मोराटा अनुबन्ध प्रक्रिया सहज हुनेछैन । तर, जाभी मोराटा अनुबन्ध सफल हुनेमा ढुक्क छन् । मोराटाले पनि बार्सिलोनाको प्रस्तावलाई विचार गरिरहेको छ । मोराटालाई थाहा छ कि उनको अभिभावक क्लब एट्लेटिको म्याड्रिड, अहिले खेलिरहेको युभेन्ट्े र बार्सिलोनाबीच धेरै बहस हुन बाँकी छ ।
बार्सिलोनाले अझै खतरनाक आर्थिक स्थितिलाई ध्यानमा राख्दै खेलाडी अनुबन् गर्नको लागि स्यामुएल उम्टिटी र फिलिपे कौटिन्होजस्ता महँगा खेलाडीलाई बेच्नु आवश्यक छ । बार्सिलोनाका यसअघिका अध्यक्ष जोसेप मारियो बार्टाेमेउले पनि रियल म्याड्रिडको एकेडेमीबाट हुर्किएका मोराटालाई क्लबमा ल्याउन चाहेको थियो ।
यो सिजन युभेन्ट्स आँफै पनि नाजुक स्थितिमा छ । तर, अझै पनि मोराटालाई स्थायी खेलाडी बनाउने योजनामा रहेको छ । मोराटाविनाको युभेन्ट्सको फरवार्ड लाईन रिक्त हुनेछ । मोराटाको विकल्पमा अर्काडियस मिलिक र मोउरो इकार्डी हुन सक्छन् । तर, यो सबै खेल निर्देशकको हातमा रहेको छ ।
बार्सिलोनामा मोराटाको सम्झौता अझ जटिल छ । यसमा एट्लेटिको तगारो बन्न सक्छ । जो प्रत्यक्ष घरेलु प्रतिद्धन्द्धीलाई मोराटा बेच्न चहादैनन् । एन्टोइन ग्रिजमनको कम्पोने६न पनि छ । जसलाई एट्लेटिकोले गत समरमा बार्सिलोनाबाट पुनः हस्ताक्षर गरेपनि अझै पुर्ण भुक्तान गरेका छैनन् । मोराटाको प्रस्थानले सैद्धान्तिक रुमिा उनीहरुलाई बाहिर पठाउन सक्छ ।
February 9, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]
February 9, 2025
एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]
February 9, 2025
एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]