3 years ago
January 6, 2022
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
एल्कोयानोको मैदानमा बुधबार राति भएको खेलमा रियलको जितमा इडर मिलिसाओ र मार्काे एसेन्सियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका ड्यानी भेगाले एक गोल फर्काए ।
एल्कोइमा रियलले खेलको ३९औं मिनेटमा इडर मिलिसाओको गोलबाट पहिलो हाफमा १–० को अग्रत लिन सफल भएको थियो । उनले रोड्रिगोको कर्नरमा गोलरक्षक अघि बढेको अवस्थामा खाली पोस्टमा जाली चुमाएका थिए । ६६औं मिनेटमा ड्यानी भेगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
७६औं मिनेटमा मार्काे एसेन्सियोले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए । उनले हाजार्डको पासलाई सदुपयोग गरेका थिए । त्यसको दुई मिनेटपछि नै गोलरक्षक जोस जुआन फिगुइरसले आत्मघाती गोल गरेपछि रियलको जित सुनिश्चित बन्यो । इस्कोको प्रहारलाई बचाउने क्रसमा उनलाई लाग्दै बलले पोस्टको दिशा लिएको थियो ।
यो सँगै रियलले गत वर्ष यही राउन्डमा भोगेको हारको बदलासमेत लिन सफल भएको छ । रियल गत वर्ष २–१ ले स्तब्ध हुँदै बाहिरिएको थियो ।
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]