default_image

2 years ago

January 6, 2022

सनले जिते लगातार पाँचौंपटक ‘बेस्ट फुटबलर इन एसिया अवार्ड’

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परका दक्षिण कोरियाली फरवार्ड सन ह्युङ–मिनले लगातार पाँचौंपटक ‘बेस्ट फुटबलर इन एसिया अवार्ड’ जितेका छन् । उनले इरान तथा रुसी क्लब जेनिथ सेन्ट पिटर्सबर्गका सरदार अजमोन र इरान तथा पोर्चुगिज क्लब पोर्टोका मेहदी तारेमीलाई पछि पार्दै ९ वर्षमा सातौंपल्ट महादेशकै वर्षका उत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले सर्वाधिक २४२ अंक पाए […]

71 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परका दक्षिण कोरियाली फरवार्ड सन ह्युङ–मिनले लगातार पाँचौंपटक ‘बेस्ट फुटबलर इन एसिया अवार्ड’ जितेका छन् ।

उनले इरान तथा रुसी क्लब जेनिथ सेन्ट पिटर्सबर्गका सरदार अजमोन र इरान तथा पोर्चुगिज क्लब पोर्टोका मेहदी तारेमीलाई पछि पार्दै ९ वर्षमा सातौंपल्ट महादेशकै वर्षका उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

उनले सर्वाधिक २४२ अंक पाए । सरदार अजमोनले १११ अंक तथा मेहदी तारेमीले ९० अंक पाए । २९ वर्षीय सनले सन् २०२१ मा सबैखाले प्रतियोगितामा २१ गोल गरेका थिए ।

चिनियाँ पत्रिका ‘टाइटन स्पोर्ट’ले सन् २०१३ देखि दिन थालेको बेस्ट फुटबलर इन एसिया अवार्डलाई महादेशको ‘बालोन डी’अर’ मानिन्छ ।
एसियाली फुटबल महासंघ (एएफसी) का सदस्य ४७ देशमध्ये ३७ मुलुकका विज्ञ र थप १३ अतिथि निर्णायक रहेको यस अवार्डमा उनीहरूले वर्षमा उत्कृष्ट खेल प्रदर्शन गरेका ५ खेलाडीलाई क्रमशः ६, ४, ३, २ र १ अंक दिएका थिए । उनलाई ३१ विज्ञले पहिलो स्थानमा राख्दै अंक दिएका थिए ।

सन् २०१३ देखि सुरु भएको यो अवार्डमा सनले २०१४, २०१५ र २०१७ देखि २०२१ सम्म लगातार पाँचपटक गरी सातौ पटक अवार्ड जित्न सफल भएका छन् । सन् २०१३ मा सिएसकेए मस्कोका जापानजि केइसुके होन्डा र २०१६ मा इंग्लिस क्लब लेस्टर सिटीका जापानिज मिडफिल्डर सिन्जी ओकाजाकीले यो अवार्ड जितेका छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.