4 years ago
January 9, 2022
एजेन्सी – प्रिमियर लिग क्लबद्धय चेल्सी र लेस्टर सिटीले फराकिलो जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् । घरेलु मैदानमा चेल्सीले लिग टुको टोली चेस्टरफिल्डमाथि ५–१ को जित निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।

स्टामफोर्ड ब्रिजमा घरेलु टोलीको फराकिलो जितमा टिमो वेर्नर, कलुम हड्सन ओडोई, रोमेलु लुकाकु, एन्ड्रिएस क्रिस्टेन्सेन र हाकिम जियाचले गोल गरे । चेस्टरफिल्डका एकवासी एसान्टेले एक गोल फर्काए । चेल्सीले पहिलो हाफमा ४–० को फराकिलो अग्रता सलदा दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुगेको थियो ।
गोलको वर्षा भएको खेलको छैटौं मिनेटमा टिमो वेर्नरको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । १८औं मिनेटमा कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

२०औं मिनेटमा रोमेलु लुकाकुले तथा ३९औं मिनेटमा एन्ड्रिएस क्रिस्टेन्सेन गोल गरेपछि चेल्सी पहिलो हाफमै मजवुत स्थितिमा पुगेको थियो । ५५औं मिनेटमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई ५–० ले अघि बढाए । ८०औं मिनेटमा एकवासी एसान्टेले एक गोल फर्काएपनि हार टान सकेन ।
अर्काे खेलमा लेस्टर सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी वाट्फोर्डलाई ४–१ ले पराजित गर्दै अघिल्लो चरणमा पुग्न सफल भएको छ । लेस्टरको जितमा युरी टिलेमान्स, जेम्स म्याडिसन, हार्भे बार्नेस र मार्क अल्ब्राइटनले गोल गर्दा वाट्फोर्डका जोओ पेड्रोले एक गोल फर्काए ।
यस्तै प्रिमियर लिगमा क्रिस्टल प्यालेस, ब्रेन्टफर्ड, ब्राइटन, एभर्टन र साउथह्याम्टनले पनि चौथो चरणमा स्थान पक्का गरेका छन् । यस्तै लिग टु टोली क्याम्ब्रिज युनाइटेडले प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेडलाई १–० ले स्तब्ध पार्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]