default_image

2 years ago

January 13, 2022

आहा रारा गोल्डकपका लागि शिल्ड हस्तान्तरण

पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा अर्को महिना आयोजना हुने २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् […]

85 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा अर्को महिना आयोजना हुने २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ ।

पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । विजेता, उपविजेता, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, कोच, किपर, प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई सहारा युकले विगत ६ वर्षदेखि नगदसहित शिल्ड, मेडल र ट्रफी सहयोग गर्दै आएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लब पोखराका निवर्तमान अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, वीरभद्र आचार्य, प्रतियोगिता संयोजक केशवराज बराल, सहारा युकेका सल्लाहकार मुछेत्र गुरुङ, सहारा क्लब पोखराका मानार्थ सदस्य एवं सहारा युकेका पूर्व प्रमुख सल्लाहकार महेश गुरुङ, क्लब सदस्यहरु लगायतको उपस्थिति थियो ।

पोखरा रंगशालामा माघ ६ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता हुनेछ । आयोजकले कोरोना महामारीको कठिन परिस्थितिबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर प्रतियोगिता संचालन गर्ने अन्तिम तयारीमा छ । प्रतियोगितामा साविक विजेता संकटा क्लब, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् ।

‘आत्मा साक्षि राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लबले पोखराको पर्यावाचीको रुपमा परिचित छ । प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख र खर्च १ करोड ६ लाख हुने अनुमान क्लबको छ ।

बचत रकम क्लबले पोखराको दोबिल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुको निम्ति खर्च गरिने जनाइएको छ । पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको साथ रहँदै आएको क्लबमा विभिन्न संघसंस्था तथा व्यक्तिले निरन्तर सहयोग गर्दै आएका छन् ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.