default_image

2 years ago

January 14, 2022

पहिलो लेगमा लिभरपुल र आर्सनलको बराबरी

एजेन्सी – लिभरपुल र आर्सनलले इएफल कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन् । लिभरपुलले १० खेलाडीमा समेटिएको आर्सनलसँग पहिलो लेगमा गोलरहित बराबरी खेलेको हो । आफ्नो मुख्य फरवार्डद्धय साडियो माने र मोहम्मद सलाहविनै मैदान उत्रिएको लिभरपुलको आक्रमण निकै कमजोर बनेको थियो । बिहीबार राति भएको खेलको २४औं मिनेटमा आर्सनल १० खेलाडीमा […]

91 views

0 Bookmark

एजेन्सी – लिभरपुल र आर्सनलले इएफल कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन् । लिभरपुलले १० खेलाडीमा समेटिएको आर्सनलसँग पहिलो लेगमा गोलरहित बराबरी खेलेको हो ।

आफ्नो मुख्य फरवार्डद्धय साडियो माने र मोहम्मद सलाहविनै मैदान उत्रिएको लिभरपुलको आक्रमण निकै कमजोर बनेको थियो । बिहीबार राति भएको खेलको २४औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा लिभरपुलले उठाउन सकेन ।

ग्रानिट झाँका सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । लिभरपुलले खेलभर ७८ प्रतिशत बल पोसेसन राखेपनि आर्सनलको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

दोस्रो लेग आर्सनलको मैदानमा २० जनवरीमा हुनेछ । यस खेलको विजेताले उपाधिका लागि २७ फेब्रुअरीमा चेल्सीको सामना गर्नेछ । चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.