default_image

2 years ago

January 14, 2022

एसी मिलान कोपा इटालियाको क्वाटरफाइनलमा

एजेन्सी – अतिरिक्त समयमा जिनोआमाथि पूनरागमन जित निकाल्दै एसी मिलान कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मिलानले जिनोआमाथि ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । मिलानको जितमा ओलिभर जिरुड, राफयल लियो र एलेक्सिस सइल्समेकर्सले गोल गरे । जिनोआका लियो ओस्टिगार्डको गोल सान्त्वना बन्यो । मिलानोमा बिहीबार राति […]

122 views

0 Bookmark

एजेन्सी – अतिरिक्त समयमा जिनोआमाथि पूनरागमन जित निकाल्दै एसी मिलान कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मिलानले जिनोआमाथि ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

मिलानको जितमा ओलिभर जिरुड, राफयल लियो र एलेक्सिस सइल्समेकर्सले गोल गरे । जिनोआका लियो ओस्टिगार्डको गोल सान्त्वना बन्यो । मिलानोमा बिहीबार राति भएको खेलको १७औं मिनेटमा लियोको गोलबाट मिलान खेलमा पछि परेको थियो । उनले मानोलो पोर्टानोभाको पासमा गोल गरेका थिए ।

७४औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थियो हर्नान्डेजको पासमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएका थिए । अतिरिक्त समयको १०२औं मिनेटमा सब्सिच्युट राफयल लियोले गोल गर्दै मिलानलाई खेलमा २–१ को अग्रता दिलाए ।

६२औं मिनेटमा एन्टी रेविचको स्थानमा मैदान छिरेका लियोले अर्का सब्सिच्युट ब्राहिम डियाजको पासमा गोल गरेका थिए । ११२औं मिनेटमा एलेक्सिस सइल्समेकर्सले गोल गर्दै मिलानको जित पक्का गरे । उनले थियो हर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए ।

अर्काे खेलमा फियोरेन्टिनाले नेपोलीलाई अतिरिक्त समयमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । गोल र कार्डको वर्षा भएको खेलमा फियोरेन्टिनाले नेपोलीलाई ५–२ ल े पराजित गरेको हो ।

फियोरेन्टिनाको जितमा डुसान भ्लाहोभिच, क्रिस्टियानो विराघी, लोरेन्जो भिनुटी, क्रिस्टफ पियाटिक र युस्सेफ मालेहले गोल गरे । नेपोलीका ड्रिएस मेर्टिन्स र एन्ड्रिया पेटाग्नाले गोल फर्काए ।

खेलमा फियोरेन्टिना १० खेलाडीमा तथा नेपोली ९ खेलाडीमा समेटिएको थियो । पहिलो हाफमा फियोरेन्टिनाका ड्रागोस्की रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो ।

८५औं मिनेटमा नेपोलीका हिर्भिङ लोजानो तथा निर्धारित समयको इन्ज्युरी समयमा फावियन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । त्यसपछि नेपोलीले एक गोल थप्दा फियोरेन्टिनाले तीन गोल थप्दै जित पक्का ग¥यो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.