3 years ago
January 15, 2022
एजेन्सी – नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड र थोमस म्युनिएरको समान दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा डर्टमुन्डले फ्रेइवर्गलाई ५–१ को भारी अन्तरले पराजित गरेको हो । सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा मोहम्मद दाहुदले पनि एक गोल गरे । फ्रेइवर्गका इम्रीदिन डेमिरोभिचले एक गोल फर्काए । डर्टमुन्डले पहिलो हाफमै तीन गोल फर्काउदा दोस्रो हाफमा दुई गोल थप्दा एक गोल बेहोरेको थियो ।
खेलको १४औं मिनेटमा थोमस म्युनिएरको गोलबाट डर्टमुन्डले सुरुवाती अग्रता लिएको थियो । उनले जुलिएन ब्रान्डको पासमा गोल गर्न सफल भएका थिए । २९औं मिनेटमा म्युनिएरले जुलिएनकै पासमा गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एर्लिङ ब्राउट हालान्डले गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो । हालान्डले मोहम्मद दाहुदको पासमा गोल गरेका थिए । ६१औं मिनेटमा इम्रीदिन डेमिरोभिचले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।
७५औं मिनेटमा हालान्डले दाहुदकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै डर्टमुन्डलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८६औं मिनेटमा दाहुदले निको स्कल्जको पासमा गोल गर्दै डर्टमुन्डलाई फराकिलो जित दिलाए ।
यो जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी ३ मा छोट्याएको छ । डर्टमुन्डको १९ खेलबाट ४० अंक छ । एक खेल कम खेलेको बायर्नको ४३ अंक छ । पराजित फ्रेइवर्ग ३० अंक जोडेर चौथो स्थानमा यथावत छ ।
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]