default_image

4 years ago

January 16, 2022

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित

178 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक सहयोगमा जर्मन बुन्डेसलिगमा शीर्षस्थानमा रहेको बायर्न म्युनिखले सानदार जित दर्ता गरेको छ ।

बायर्नले घरेलु टोली कोल्नलाई ४–० को भारी अन्तरले पराजित गरेको हो । एक गोल कोरिन्टिन टोलिसोको नाममा रह्यो । कोल्नमा शनिबार राति भएको खेलको नवौं मिनेटमा लेवान्डोस्कीको गोलबाट बायर्नले गोलको खाता खोलेको थियो । उनले थोमस मुलरको पासमा गोल गरेका थिए ।

२५औं मिनेटमा मुलरकै पासमा कोरिन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ३१औं मिनेटमा मार्क अथले गोल गरेपनि गोलले मान्यता नपाउँदा घरेलु टोली कोल्न खेलमा फर्कन सकेन ।

त्यसपछि लेवान्डोस्कीले सव्सिच्युट लिरोए सानेको पासमा दुई गोल गर्दै ह्याट्रिक पूरा गर्न सफल भए । ६२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७४औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई फराकिलो जित दिलाए । जारी सिजनको बुन्डेसलिगामा १९ खेलमा उनको यो २३ औं गोल हो ।

जितसँगै शीर्षस्थानको बायर्नको १९ खेलबाट ४६ अंक पुगेको छ । बायर्नले शीर्षस्थानमा स्पष्ट ६ अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमुन्डको ४० अंक छ । पराजित कोल्न २८ अंक जोडेर आठौं स्थानमा छ ।

November 7, 2025

झापा महिला गोल्डकप- ४ खेलमा ११ लाख बढीको टिकट विक्री

दिपक बोहोरा, झापा नेपालमा पछिल्लो समयमा महिला फुटबल लोकप्रिय छ। राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ। अहिले झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि दर्शकको उपस्थिति उल्लेख्य रहँदै आएको छ। क्वार्टरफाइनल ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]

November 7, 2025

झापा महिला गोल्डकप – विभागीय टोलीकै दबदबा

दिपक बोहोरा/झापा घरेलु महिला फुटबलमा विभागीय टोली टोली दबदबा रहँदै आएको छ। चाहे त्यो लिग होस वा नकआउट। अधिकांश नकआउटको सेमिफाइनलमा पुग्ने ४ मध्ये ३ टोली विभागीय नै हुन्छन् । फाइनल त विभागीय टोलीबीच नै हुने निश्चित प्रायः नै हुन्छ। गत वर्ष लिग सहित सबै नकआउटको उपाधि एपिएफ फुटबल क्लबले जितेको थियो। फाइनलमा पुग्ने अर्को […]

November 6, 2025

चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु

सुशील पन्त क्षेत्री, चितवन चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ । आज भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरको मैदान एक कार्यक्रमकाबीच औपचारिक रुपमा शुभारम्भ गरिएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम शुभरम्भमा ४६ विद्यालयबाट १ हजार भन्दा बढी विद्यार्थी […]

Success

Thank you for your time.