default_image

2 years ago

January 17, 2022

रियल म्याड्रिड सुपर कप च्याम्पियन

एजेन्सी – साविक विजेता एथलेटिको बिल्वाओलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । १० खेलाडीमा समेटिएको रियलले २–० ले पराजित गर्दै एक वर्षपछि च्याम्पियन बन्न सफल भएको हो । साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा आइतबार राति भएको खेलमा रियल च्याम्पियन बनाउन लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले गोल गरे […]

134 views

0 Bookmark

एजेन्सी – साविक विजेता एथलेटिको बिल्वाओलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । १० खेलाडीमा समेटिएको रियलले २–० ले पराजित गर्दै एक वर्षपछि च्याम्पियन बन्न सफल भएको हो ।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा आइतबार राति भएको खेलमा रियल च्याम्पियन बनाउन लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

खेलको सुरुवातदेखि नै बिल्वाओलाई दवावमा राखेको रियलले गोलको लागि पहिलो हाफको अन्तिम समय पर्खनु परेको थियो । ३८औं मिनेटमा भेट्रान मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगोले दिएको पासलाई पहिलो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।

५२औं मिनेटमा कप्तान करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । बेन्जेमाकै प्रहारलाई पेनाल्टी बक्समा यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गरेको थियो ।

८७औं मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो । राहुल गार्सियाको प्रहार क्रसबारमा लाग्दै गोललाईन पार गर्न लाग्दा इडर मिलिसाओ ह्यान्ड गर्न पुगेपछि रेफ्रीले उनलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएको थियो । त्यसमै प्राप्त पेनाल्टीमा राहुल गार्सियाको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले डाइभ दिदै बचाए ।

सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औं पटक सुपर कप च्याम्पियन बनेको हो । क्याटलान क्लब बार्सिलोनाले सर्वाधिक १३ पटक उपाधि जितेको छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.