default_image

2 years ago

January 17, 2022

चेल्सीलाई पछि पार्दै लिभरपुल दोस्रो स्थानमा उक्लियो

एजेन्सी – लन्डन क्लब चेल्सीलाई पछि पार्दै मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । आइतबार राति घरेलु मैदानमा ब्रेन्टफर्डलाई ३–० ले पराजित गर्दै लिभरपुल लामो समयपछि दोस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको लिभरपुलले चेल्सीलाई २ अंकले पछि पार्दा शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ११ मा छोट्याएको […]

40 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीलाई पछि पार्दै मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । आइतबार राति घरेलु मैदानमा ब्रेन्टफर्डलाई ३–० ले पराजित गर्दै लिभरपुल लामो समयपछि दोस्रो स्थानमा उक्लिएको हो ।

एक खेल कम खेलेको लिभरपुलले चेल्सीलाई २ अंकले पछि पार्दा शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ११ मा छोट्याएको छ ।एनफिलडमा आइतबार राति भएको खेलको ४४औं मिनेटमा फाविन्होको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले ट्रेन्ड एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गर्न सफल भएका थिए ।

६९औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले एन्ड्रिउ रोबर्टसनको पासलाई सदुपयोग गरेका थिए । ७७औं मिनेटमा ताकुमी मिनामिनोले रोबर्टाे फिर्मिनोको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

जितपछि लिभरपुलको ४५ अंक छ । चेल्सीको ४३ तथा शीर्षस्थानको सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १४औंं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा ज्याक ह्यारिसनको ह्याट्रिकमा लिड्स युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेको छ । वेस्ट ह्यामका जारोड वोवेन र पाब्लो फोर्नाल्सले गोल गरेपनि टोलीको हार टार्न सकेन । ह्यारीनले ६० मिनेटभित्र ह्याट्रिक पुरा गरेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.