default_image

2 years ago

January 17, 2022

एरिक्सनलाई अनुबन्ध गर्न ब्रेन्टफर्ड इच्छुक

एजेन्सी – युरो २०२० का दौरान ह्रदयघात भएपछि मैदानबाहिर रहेका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब ब्रेन्टफर्डले इच्छा देखाएको छ । २९ वर्षीय मिडफिल्डरलाई ६ महिनाको लागि अनुबन्धन गर्ने र थप १ वर्ष विकल्पका रुपमा लम्ब्याउने प्रस्तावसहित ब्रेन्टफर्ड अनुबन्धनको प्रक्रियामा रहेको द एथ्लेटिकले जनाएको छ । एरिक्सनले गत महिना मात्र इटालियन क्लब […]

62 views

0 Bookmark

एजेन्सी – युरो २०२० का दौरान ह्रदयघात भएपछि मैदानबाहिर रहेका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब ब्रेन्टफर्डले इच्छा देखाएको छ ।

२९ वर्षीय मिडफिल्डरलाई ६ महिनाको लागि अनुबन्धन गर्ने र थप १ वर्ष विकल्पका रुपमा लम्ब्याउने प्रस्तावसहित ब्रेन्टफर्ड अनुबन्धनको प्रक्रियामा रहेको द एथ्लेटिकले जनाएको छ । एरिक्सनले गत महिना मात्र इटालियन क्लब इन्टर मिलानसँग आपसी सहमतिमा सम्झौता रद्द गरेका थिए । इटालीमा एरिक्सनको मुटुमा राखिएको आइसीडी (इम्प्लान्टेबल कार्डियो भर्टर डेफिब्रीलेटर) राखेर खेल्न नपाइने हुनाले उनले इटालियन लिगमा खेल्न नपाएका हुन् ।

यसै महिनाको सुरुवातमा एरिक्सनले व्यावसायिक फुटबल खेल्न आफू स्वास्थ्यको हिसाबले तयार रहेको जनाएका थिए । उनले यसै वर्ष अन्त्यमा हुने फिफा विश्वकपका लागि आफू राष्ट्रिय टोलीमा फर्कन प्रयासरत रहेको समेत बताए ।

एरिक्सनका एजेन्ट मार्टिन स्कुट्सले प्रिमियर लिगमा फर्कनु एरिक्सनका लागि घर फर्कनुझैं हुने अभिव्यक्ति दिएका छन् । एरिक्सनले यसअघि सन् २०१३ देखि २०२० सम्म टोटेनहम हट्सपरका लागि प्रिमियर लिगमा खेलेका थिए । उनले उत्तरी लन्डन क्लबका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

एरिक्सनले पछिल्लो समय आफूले सन् २००५ देखि २००८ सम्म खेलेको डेनिस क्लब ओडेन्समा प्रशिक्षण गर्दै आएका छन् । एरिक्सनले आइसीडी लगाएर प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् । डच डिफेन्डर डेली ब्लिन्ड पनि पछिल्लो केहि वर्षयता आयाक्सका लागि सोही उपकरण लगाएर खेल्दै आएका छन् ।

यो पनि : एरिक्सन घटना र एन्फाको पूर्व तयारी

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.