default_image

2 years ago

January 20, 2022

रियलमा हाजार्डको भविष्य अनिश्चित

एजेन्सी – बेल्जियन कप्तान इडेन हाजार्ड यस सिजनको लागि स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोटीको योजनाको हिस्सा होइनन् । रियल म्याड्रिड जनवरीमा इंग्लिस क्लब चेल्सीका पुर्वस्टार फरवार्डसँग अलग हुन चाहन्छ । हाजार्ड स्पेनिस सुपर कपको लागि साउदी अरेबियाको भ्रमणमा गएपनि उनले सुपर कपको सेमिफाइनल र फाइनल गरी दुई खेलमा कुनै मौका नै पाएनन् […]

120 views

0 Bookmark

एजेन्सी – बेल्जियन कप्तान इडेन हाजार्ड यस सिजनको लागि स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोटीको योजनाको हिस्सा होइनन् । रियल म्याड्रिड जनवरीमा इंग्लिस क्लब चेल्सीका पुर्वस्टार फरवार्डसँग अलग हुन चाहन्छ ।

हाजार्ड स्पेनिस सुपर कपको लागि साउदी अरेबियाको भ्रमणमा गएपनि उनले सुपर कपको सेमिफाइनल र फाइनल गरी दुई खेलमा कुनै मौका नै पाएनन् । टोली च्याम्पियन बन्न सफल भयो । टोली च्याम्पियन बनेपनि हरेक तस्विरमा उनी कुनैपनि समयमा खुशी देखिएका थिएनन् ।

हाजार्डले रियल छाड्न सक्ने आँकलन गरिन थालिसकेको छ, तर लस ब्लान्कोसलाई थाहा छ कि यो सिजनको बाँकी समयको लागि उनले सोचेजस्तो क्लब फेला पार्न सजिलो हुनेछैन ।

रियललाई हाजार्डको बारेमा जानकारी नहुने विषय नै भएन । खेलाडी वा क्लबका लागि उनले ड्रेसिङ रुममा कुनै समस्या सिर्जना नगरेपनि खेल्ने मौका विरलै पाएका कारण उनी आँफैले असहज महसुस गरिरहेका हुन सक्छन् ।

हाजार्डले रियलको सुपर कपको सफलतापछि विजयोत्सवमा खास सहभागी भएनन् । भिनिसियस जुनियरले कार्लाे एन्सेलोटीको योजनामा प्रभाव पारेपछि ३१ वर्षीय फरवार्ड हाजार्डले खेल्ने मौका नै पाएका छैनन् । एन्सेलोटीले भिनिसियस पछि मार्काे एसेन्सियो र रोड्रिगोलाई नै प्रयोग गरिरहेका छन् ।

हाजार्डले क्याडिज, एथलेटिको बिल्वाओ र एल्केयानोविरुद्ध लगातार तीन खेलमा सुरुवाती रोजाईमा तथा गेटाफेविरुद्ध ४५ दोस्रो हाफमा खेलपनि उनले आफ्नो प्रदर्शनबाट प्रभाव पार्न सकेनन् । एसेन्सियोको चोट र ग्यारेथ बेलको अनुपस्थितिले हाजार्डले बिहीबार राति इल्चेसँग कोपा डेल रेमा खेल्ने अवसर पाउन सक्छन्, तर उनको भविष्य अनिश्चित छ ।

हाजार्ड २०१९ मा चेल्सी छाड्दै रियल मा अनुबन्ध भएका थिए । चेल्सीमा प्रभावशाली प्रदर्शन गरेका हाजार्डले रियल पुगेपछि बढी समय चोट ग्रस्त रहँदा अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेका छैनन् ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.