2 years ago
January 19, 2022
एजेन्सी – दोस्रो श्रेणीको सेन्ट पाउलीसँग स्तब्ध हुँदै साविक विजेता तथा जर्मन बुन्डेसलिगा टोली बोरुसिया डर्टमुन्ड डिएफवी पोकलको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । साविक विजेता डर्टमुन्ड घरेलु टोलीसँग २–१ ले स्तब्ध हुदै डिएफवी पोकलको अन्तिम १६ बाटै बाहिरिन पुगेको हो । डर्टमुन्डलाई स्तब्ध पार्न सेन्ट पाउलीका इटिनी एमेनयिडोले गोल गर्दा एक गोल उपहार पाएको थियो । […]
एजेन्सी – दोस्रो श्रेणीको सेन्ट पाउलीसँग स्तब्ध हुँदै साविक विजेता तथा जर्मन बुन्डेसलिगा टोली बोरुसिया डर्टमुन्ड डिएफवी पोकलको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
साविक विजेता डर्टमुन्ड घरेलु टोलीसँग २–१ ले स्तब्ध हुदै डिएफवी पोकलको अन्तिम १६ बाटै बाहिरिन पुगेको हो । डर्टमुन्डलाई स्तब्ध पार्न सेन्ट पाउलीका इटिनी एमेनयिडोले गोल गर्दा एक गोल उपहार पाएको थियो । हालान्डले गोल गरेपनि टोलीको हार टार्न सकेन ।
ह्यामवर्गमा बुधबार राति भएको खेलको चौथो मिनेटमा नै इटिनी एमेनयिडोले गोलबाट सेन्ट पाउलीले घरेलु मैदानमा अग्रता लिन सफल भएको थियो । ४०औं मिेजटमा एक्सेल विस्टेलले आत्मघाती गोल गरेपछि घरेलु टोली पहिलो हाफमै २–० ले अघि बढ्यो ।
५८औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डलाई खेलमा फर्काउने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमुन्ड घरेलु टोलीसँग स्तब्ध बन्न पुग्यो । डर्टमुन्डले सेन्ट पाउलीसँग छैटौं खेल खेल्दा पहिलो हार बेहोरेको हो । त्यसअघिको सबै पाँच खेलमा डर्टमन्डले शतप्रतिशत जित निकालेको थियो ।
यस्तै ह्यामवर्ग एसभीले कोल्नलाई ट्राइब्रेकरमा ४–३ ले, कार्लस्रुहेरले १८६० मुन्चेनलाई १–० ले तथा बोचुमले माइन्जलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]
April 17, 2024
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा मंगलबार ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]