default_image

2 years ago

January 19, 2022

रोनाल्डो भन्छन् – ‘अझै ४/५ वर्ष खेल्न चाहन्छु’

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ३७ वर्ष पुगेपनि अझै ४-५ वर्ष खेल्ने इच्छा रहेको बताएका छन् । रोनाल्डोले यसै साता फिफा द बेस्ट अवार्डमा फिफाबाट बेस्ट विशेष अवार्ड प्राप्त गरेका थिए । गत वर्ष सेप्टेम्बरमा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएसँगै रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको […]

38 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ३७ वर्ष पुगेपनि अझै ४-५ वर्ष खेल्ने इच्छा रहेको बताएका छन् ।

रोनाल्डोले यसै साता फिफा द बेस्ट अवार्डमा फिफाबाट बेस्ट विशेष अवार्ड प्राप्त गरेका थिए । गत वर्ष सेप्टेम्बरमा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएसँगै रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको हो । रोनाल्डोले इरानका अली देइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान तोडेका थिए । हाल रोनाल्डोको नाममा १ सय १५ गोल रहेको छ ।

रोनाल्डोलाई कार्यक्रमका दौरान संचालक जर्मेन जिनसले खेललाई लिएर उनको धारणाबारे सोधेका थिए । रोनाल्डोले आफू युवा हुँदा फुटबलप्रति जस्तो भाव थियो, अहिले पनि त्यस्तै रहेको बताए । उनले आफू अझै ४-५ वर्ष खेल्ने इच्छा रहेको पनि बताए ।

‘मसँग अझैपनि फुटबलप्रति उत्तिकै मोह छ । गोल गर्ने मात्र होइन । म आफै यसमा रम्न चाहन्छु किनकि मैले ५-६ वर्षको उमेरदेखि खेल्दै आएको छु ।’

‘म प्रशिक्षणका लागि मैदानमा जाँदा पनि उत्तिकै मजा लिन्छु । म भित्र अझैपनि त्यो मनोबल छ । म उमेरले ३७ वर्ष पुग्न लागें तर अझै राम्रो महसुस गरिरहेको छु ।’

‘म सधैं कडा मिहिनेत गर्छु । १८ वर्षदेखि निरन्तर त्यहि गरिरहेको छु । मलाई कसैले कति वर्ष खेल्छ भनेर सोध्नुहुन्छ भने म अझै ४-५ वर्ष खेल्न चाहन्छु ।’

‘यो सब मानसिक रुपमा तयार भएर हो । शारीरिक रुपमा तपाईं आफ्नो शरीरलाई ध्यान दिनुहुन्छ भने त्यसले पक्कै फाइदा दिन्छ । त्यसैले म यसमा ध्यान पुर्याउँछु ।’

रोनाल्डोले प्रिमियर लिगमा फर्केयता २२ खेलमा १४ गोल गरेका छन् । रोनाल्डोको व्यक्तिगत प्रदर्शन सन्तोषजनक रहेपनि उनले आफ्नो टोलीको वर्तमान लयलाई लिएर भने असन्तुष्टि पोखेका थिए । हाल लिगको सातौं स्थानमा रहेको युनाइटेडले कम्तिमा लिगमा शीर्ष ३ स्थान हासिल गर्नुपर्ने उनको बुझाइ छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.