default_image

2 years ago

January 20, 2022

इन्टर मिलान कोपा इटालियाको क्वाटरफाइनलमा

एजेन्सी – अतिरिक्त समयमा सिरी ‘ए’ प्रतिद्वन्द्वी इम्पोलीको चुनौती पन्छाउँदै इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको इन्टर मिलान कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा इम्पोलीलाई ३–२ को गोल अन्तरले पराजित गर्दै इन्टरले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । इन्टरको जितमा एलेक्सिस सान्चेज, एन्ड्रिया रानोकिया र स्टेफानो सेन्सीले गोल गरे । इम्पोलीका […]

152 views

0 Bookmark

एजेन्सी – अतिरिक्त समयमा सिरी ‘ए’ प्रतिद्वन्द्वी इम्पोलीको चुनौती पन्छाउँदै इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको इन्टर मिलान कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा इम्पोलीलाई ३–२ को गोल अन्तरले पराजित गर्दै इन्टरले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । इन्टरको जितमा एलेक्सिस सान्चेज, एन्ड्रिया रानोकिया र स्टेफानो सेन्सीले गोल गरे । इम्पोलीका निदिम बजरामीले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

मिलानोमा बुधबार राति भएको खेलेको १३औं मिनेटमा सान्चेजको गोलबाट इन्टरले पहिलो हाफमा १–० को अग्रत लिएको थियो । उनले डेन्जेल डमफ्रेजको पासलाई सदुपयोग गरेका थिए । ६१औं मिनेटमा निदिमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७६औं मिनेटमा गोलरक्षक एन्डरेइ राडुले आत्मघाती गोल गरेपछि इन्टर खेलमा २–१ ले पछि पर्यो । तर, इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एन्ड्रिया रानोकियाले इडेन जेकोको पासमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए ।

अतिरिक्त समयको १ सय ४औं मिनेटमा स्टेफानो सेन्सीले गोल गर्दै इन्टरलाई ३–२ ले अघि बढाए । उनले सान्चेजको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुँदै अन्तिम आठको यात्रा तय गर्न सफल भयो ।

अर्काे खेलमा सस्सुलोले क्याग्लिएरीलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.