एजेन्सी – ला लिगा प्रतिद्वन्द्वी रियल सोसिडाडसँग पराजित हुँदै एट्लेटिको म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । एट्लेटिको घरेलु टोलीसँग २–० ले पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको हो ।

रिएले एरिनामा बुधबार राति भएको खेलमा घरेलु मैदानमा एट्लेटिकोलाई हराउन सोसिडाडका एडनान जानुजाज र एलेक्जेन्डर सोर्लाेथले पहिलो र दोस्रो हाफमा गोल गरे ।
खेलको ३३औं मिनेटमा जानुजाजको गोलबाट रियल सोसिडाडले १–० को अग्रता लिन सफल भयो । उनले जोसेवा जल्डुआको पासमा गोल गरेका थिए । दोस्रो हाफका सुरुकै ४७औं मिनेटमा सोर्लाेथले गोल गर्दै टोलीको अग्रता दोब्बर पार्दै जिततर्फ अघि बढाए ।

दुई गोलले पछि परेको एट्लेटिकोले घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।