default_image

2 years ago

January 20, 2022

नाइजेरिया समूह विजेता, इजिप्ट पनि नकआउट चरणमा

एजेन्सी – समूह चरणमा शतप्रतिशत जित निकाल्दै नाइजेरिया समूह ‘डी’ को विजेता बन्दै अफ्रिका कप अफ नेसन्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा इजिप्ट पनि समूह उपविजेताको रुपमा अघि बढेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा गिनिया विसाउलाई २–० ले पराजित गर्दै नाइजेरियाले समूह चरणमा शत प्रतिशत जित निकाल्न सफल भयो । नाइजेरियाको जितमा उमार […]

140 views

0 Bookmark

एजेन्सी – समूह चरणमा शतप्रतिशत जित निकाल्दै नाइजेरिया समूह ‘डी’ को विजेता बन्दै अफ्रिका कप अफ नेसन्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा इजिप्ट पनि समूह उपविजेताको रुपमा अघि बढेको छ ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा गिनिया विसाउलाई २–० ले पराजित गर्दै नाइजेरियाले समूह चरणमा शत प्रतिशत जित निकाल्न सफल भयो । नाइजेरियाको जितमा उमार सदिक र विलिया ट्रुस्ट इकोङले गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा दुई गोल गर्दै नाइजेरियाले समूहमा लगातार तेस्रो जित निकाल्न सफल भयो । खेलको ५६औं मिनेटमा उमारले गोल गर्दै नाइजेरियालाई सुरुवाती अग्रता दिलाए । उनले केलिची इहानाचोको पासमा गोल गरेका थिए । ७५औं मिनेटमा विलियमले गोल गर्दै टोलीको जित पक्का गरे ।

जितसँगै समूहमा नाइजेरियाले ३ खेलबाट ९ अंक जोड्यो । नाइजेरियाले यसअघि समूहमा इजिप्ट र सुडानलाई हराएको थियो ।

अर्काे खेलमा इजिप्टले सुडानलाई १–० ले पराजित गर्दै समूह उपविजेताको रुपमा अफ्रिका कप अफ नेसन्सको प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । इजिप्टको जितमा मोहमेद एब्डेलमोनिइमले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३५औं मिनेटमा एब्डाल्ला इल्सेइदको पासमा गोल गरेका थिए ।

समूहमा नाइजेरियासँग १–० को हार बेहोरेको इजिप्टले ३ खेलबाट ६ अंक जोड्यो । इजिप्टले गिनिया विसाउलाई हराउन सफल भएको थियो । समान १ अंक जोडेको सुडान रगिनिया विसाउ समूह चरणबाटै बाहिरियो ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.