default_image

2 years ago

January 20, 2022

रोनाल्डो प्रशिक्षकसँग रिसाएपछि…

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले घरेलु टोली ब्रेन्टफर्डलाई ३–१ को गोल अन्तरले पराजित ग¥यो । खेलमा पोर्चुगिज फरवार्ड रोनाल्डोले भने गोल गर्न सकेका थिएनन् । निर्धारित समयको खेल सकिन २० मिनेट बाँकी रहँदा टोली २–० को अग्रतामा रहँदा अन्तरिम प्रशिक्षक राल्फ रागनिकले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सब्सिच्युट गरिदिए । त्यसपछि उनले बारम्बार असन्तुष्टि […]

96 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले घरेलु टोली ब्रेन्टफर्डलाई ३–१ को गोल अन्तरले पराजित ग¥यो । खेलमा पोर्चुगिज फरवार्ड रोनाल्डोले भने गोल गर्न सकेका थिएनन् ।

निर्धारित समयको खेल सकिन २० मिनेट बाँकी रहँदा टोली २–० को अग्रतामा रहँदा अन्तरिम प्रशिक्षक राल्फ रागनिकले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सब्सिच्युट गरिदिए । त्यसपछि उनले बारम्बार असन्तुष्टि पोखे ।

प्रशिक्षक राल्फले ७१औं मिनेटमा रोनाल्डोको स्थानमा डिफेन्डर ह्यारी मगाए र मार्कस रासफोर्डको स्थानमा मेसन ग्रीनवुडलाई मैदान प्रवेश गराएका थिए । मैदान छाडेर बेञ्चमा आउने क्रममा रोनाल्डोले सब्सिच्युट हुनु परेकोमा असन्तुष्टि पोखे । ज्याकेट बेञ्चमा फालेका उनले बारम्बार केही बोलिरहेको दृश्य देखिएको थियो ।

प्रशिक्षक रागनिकले रोनाल्डोको असन्तुष्टिलाई सामान्य रुपमा लिने बताएका छन् । ‘उनी खुसी छैनन्, तर उनी भर्खर चोटमुक्त भएर आएका हुन् । उनलाई आजको खेलमा टिममा राख्न पाउँदा नै म खुसी छु ।’ उनले बीबीसीसँग भनेका छन् ।

उनका अनुसार यो निर्णय शनिबार २–० को अग्रता लिएर पनि एस्टन भिल्लासँग बराबरीमा चित्त बुझाउनु परेको अवस्थाबाट पनि प्रेरित थियो । ‘मैले उनी (रोनाल्डो)लाई भने कि हामी २–० को अग्रतामा छौं र हामीले भिल्ला पार्कबाट शिक्षा लिनुपर्छ । त्यो खेलमा किन पछाडिको पाँच जना परिवर्तन गरिनँ भनेर मलाई आफैंप्रति रिस उठेको थियो ।’

‘आज हामी त्यही अवस्था थियौं र म फेरि त्यही गल्ती दोहो¥याउन चाहन्नँ । मैले भनेँ, सुन रोनाल्डो, तिमी ३६ वर्षको भयौं र राम्रो फर्ममा छौं । तर जब तिमी मुख्य प्रशिक्षक हुन्छौं, तिमीले मुख्य प्रशिक्षककै चश्माले हेर्नुपर्छ ।’ आफ्नो काम क्लबको हितमा निर्णय लिने भएको र रोनाल्डोले पनि त्यसरी नै लिने उनको विश्वास छ ।

ब्रेन्टफर्डको मैदानमा युनाइटेडको जितमा एन्थोनी इलंगा, मासन ग्रीनवुड र मार्कुस रासफोर्डले गोल गरे । घरेलु टोलीका इभान टोनीले एक गोल फर्काए । सबै चारै गोल दोस्रो हाफमा भएको थियो ।
यो जितसँगै युनाइटेड २१ खेलबाट ३५ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ । पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १४औं स्थानमै यथावत रहेको छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.