default_image

2 years ago

January 20, 2022

अन्जनलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् । सहारा क्लबले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटनका दौरान सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै उद्घाटन समारोहमा […]

96 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् ।

सहारा क्लबले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटनका दौरान सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यस्तै उद्घाटन समारोहमा खेल पत्रकार हिमेशरत्न बज्राचार्यलाई पनि सम्मान गरिएको थियो । बज्राचार्यले आहा रारा गोल्डकपको २० औं संस्करणसम्मको यात्राबारे पुस्तक प्रकाशन गरेका छन् ।

सहाराले पछिल्लो केहि वर्षयता यता राष्ट्रिय टोलीबाट योगदान पुर्याउने एक खेलाडीलाई सम्मान गर्दै आएको छ । अन्जन पछिल्ले ८ वर्षदेखि राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । उनी २०७२ सालमा साफ यू १९ च्याम्पियन बन्दा टोलीका सदस्य थिए ।

अन्जनले राष्ट्रिय टोलीले २०७२ मै बंगबन्धु गोल्ड कपको उपाधि जित्दा र सोही वर्ष यू २३ टोलीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा उनी टोलीका सदस्य थिए । त्यस्तै नेपालले २०७३ मा सोलिडारिटी कप जित्दा पनि उनी टोलीमा थिए ।

दुई वर्षअघि स्वदेशमा भएको १३ औं सागमा नेपाली टोली च्याम्पियन बन्दा भने उनी टोलीमा थिएनन् । गत वर्ष थ्री नेसन्स कप जित्दा पनि उनी टोलीका सदस्य थिए । २३ वर्षे अन्जनले राष्ट्रिय टोलीबाट ७ गोल गरिसकेका छन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

अन्जनको कप्तानीमा मनाङ जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणको समाप्ती सम्म दोस्रो स्थानमा रहेका थिए । लिगमा उनले ४ गोल गरेका छन् । मोफसल प्रतिष्ठित आहा रारा गोल्डकपको २०औं संस्करण आज सुरु हुँदैछ । पोखरा रंगशालामा आयोजक सहारा र नेपाल एपिएफ फुटबल क्लबबीच उद्घाटन खेल हुँदैछ । ए डिभिजनका ८ सहित १० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

साविक विजेता संकटा क्लबसहित, लिगको शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लब, दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब उपाधिका लागि भिड्नेछन् । आयोजक सहारासँगै भुटानिज युथ स्पोर्टस क्लबले आहा गोल्डकपको प्रतिस्पर्धा गर्नेछन् । आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.