default_image

2 years ago

January 21, 2022

गोलरक्षक लोरिस टोटेनहममै बस्ने

एजेन्सी – फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसले इंग्लिस क्लब टोटेनहम हटस्परसँग थप दुई वर्षको सम्झौता नविकरण गरेका छन् । टोटेनहमबाट बाहिरिने चर्चा चलिरहँदा उनले क्लबसँग दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । यो सम्झौतासँगै टोटेनहमका समेत कप्तान रहेका ३५ वर्षीय गोलरक्षक सन् २०२४ को जुनसम्म टोटेनहममा रहनेछन् । उनको पुरानो सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो […]

174 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसले इंग्लिस क्लब टोटेनहम हटस्परसँग थप दुई वर्षको सम्झौता नविकरण गरेका छन् । टोटेनहमबाट बाहिरिने चर्चा चलिरहँदा उनले क्लबसँग दुई वर्षको सम्झौता नविकरण गरेका हुन् ।

यो सम्झौतासँगै टोटेनहमका समेत कप्तान रहेका ३५ वर्षीय गोलरक्षक सन् २०२४ को जुनसम्म टोटेनहममा रहनेछन् । उनको पुरानो सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो ।

लोरिसको सम्झौता लम्ब्याउने निर्णय प्रशिक्षक एन्टोनियो कोन्टेका लागि ठुलो प्रोत्साहनको रुपमा रहने छ । लोरिस यो सिजनको अन्त्यसँगै फ्रान्स फर्कने अपेक्षा गरिएको थियो । टोटेनहम अर्काे सिजनदेखि नयाँ गोलरक्षककै खोजीमा रहेको थियो । तर, कोन्टेको आगमनले लोरिसले क्लबसँग थप दुई सिजनका लागि सम्झौता थप्न राजी भएको बुझिएको छ । लोरिसलाई क्लबमै राख्न प्रशिक्षक कोन्टेको ठुलो भुमिका रहयो ।

लोरिस सन् २०१२ मा लियोनबाट उत्तरी लन्डन क्लबमा आबद्ध भएका थिए । उनी टोटेनहममा एक दशक खेल्ने संघारमा रहेका छन् । सन् २०१८ मा फ्रान्सले विश्वकपको उपाधि जित्दाका पहिलो रोजाईका गोलरक्षक रहेका लोरिसले टोटेनहमका लागि ३९५ खेल खेलेका छन् । प्रिमियर लिगको ३१८ खेलमा उनले ११२ क्लिन सिट राखेका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.